पूर्व राजा ज्ञानेन्द्रलाई ओलीको यस्तो जवाफ

pm oliकाठमाडौं, प्रधानमन्त्री केपी ओलीले ज्ञानेन्द्र शाहलाई कटाक्ष गरेका छन् । उनले गणतन्त्रले सबैलाई सम्मान दिएको भन्दै दरवार छाडेर गएकालाई पनि घरवारको अवसर दिइएको बताएका हुन् । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार छाडेपनि घरबार नत्यागेको बताएका थिए ।

उनले मुलुकमा अहिले देखिएको समस्या विस्तारै समाधान हुने बताएका छन् । मधेस केन्द्रित दलसँगको वार्ता सकारात्मक भएकाले मुलुकको समस्या समाधान उन्मुख रहेको ओलीको भनाइ छ । राजधानीमा आज राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संकट छिट्टै समाधान हुने दाबी गरे ।

सो अवसरमा उनले राष्ट्रिय एकता दिवसको सान्दरर्भिकता अझै रहेको उल्लेख समेत गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु