अस्ट्रेलियामा उदायो नयाँ शक्ति

अस्ट्रेलिया, अस्ट्रेलियामा नयाँ शक्तिको तदर्थ समिति चयन भएको छ । केही समय अघि एमाओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ शक्तिको अष्ट्रेलियामा उदाएको हो ।  आइतबार सिड्नीको कोग्रामा आयोजना गरिएको एक प्रारम्भिक भेलाले  विनोद पौडेलको संयोजकत्वमा एक तदर्थ समिति चयन गरिएको छ ।  यस्तै अन्य सदस्यहरुमा अरुण तामाङ, अस्मित आचार्य, सुरज श्रेष्ठ, दिनेश जिसी, सुनान चौलागाई, अनिल पाण्डे, सुमन खरेल, बाबु गोर्खाली, दिपु न्यौपाने, तिर्थराज कार्की, विकास श्रेष्ठ, सविता भट्टराई रहेका छन् ।

922749_1547626865528602_2117101550898708968_nअस्ट्रेलियाम रहेर विभिन्न पेशा व्यवसायमा संलग्न भएका नेपालीहरु भेलामा उपस्थित थिए । यसै विच हालै सम्पन्न 11012016095330NAYA-SHAKTI-1000x0नेपालको एक कार्यक्रममा डा भट्टराईले पारदर्शिता, राजनीतिक ईमान्दारिताका साथ देशलाई सम्बृद्धिमा लैजानका निम्ति नयाँ शक्तिको प्रार्दूभाव भएको उल्लेख गरेका थिए ।
उनले नयाँ शक्ति अभियान निर्माणमा करिब तीन
लाख सदस्यहरु संस्थापक बन्ने भन्दै यसका लागि देश विदेशमा अहिले अभियान चलिरहेको बताए । देशका निम्ति केही गर्नुपर्छ भन्ने सोचका साथ रहेका सबैजना एकै ठाउँमा आउने हो भने यो वैकल्पिक शक्ति निर्माण हुनेछ जसले देशलाई प्रगति र विकासको चरणमा लैजानेछ, उनको जोड थियो । भेला उपस्थितहरुले डा. भट्टराईलाई पार्टीको आर्थिक श्रोत, पारदर्शीता, संगठन संरचना, जनजाति, दलित, आदिवासी र अन्य समूदायलाई हेर्ने दृष्टिकोण आदिका विषयमा प्रश्न सोधेका थिए । जवाफमा भट्टराईले सैद्धान्तिक स्वरुप तयार भइसकेको र अब विकासको खाकाहरु कोर्नका निम्ति विदेशमा रहेका नेपालीहरुले पनि महत्वपूर्ण योगदान दिने अपेक्षा आफुले गरेको बताए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु