मेस्सीको दुई गोलसँगै बार्सिलोना विजयी

Lionel-Messiकाठमाडौं, अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले क्लाटलान डर्बीमा स्पानियोललाई पराजित गरेको छ ।

कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले ९ खेलाडीमा सिमित स्पानियोललाई ४(१ ले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा स्पोनियोलले नवौं मिनेटमा नै काइसिडोको गोलबाट अग्रता लिएको थियो । तर, धेरै बेर जोगाउन सकेन ।

१३ औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए । ४४ औं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २(१ को अग्रता लिन सफल भयो ।

खेलको ४९ औं मिनेटमा पिकेले गोल गरे । खेलको ७३ औैं मिनेटमा स्पनियोलका मिडफिल्डर हेर्नान पेरेज दोहोरो पहिँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

७६ औैं मिनेटमा स्पानियोल ९ खेलाडीमा सिमित भयो । डाइपो दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

खेलको ८८ औं मिनेटमा नेयमारले मेस्सीसँगको वान टु वान पासमा गोल गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए ।

खेलमा बार्सिलोना आवद्ध भएको ६ महिनापछि टुरान र एलेक्स भिडालले डेब्यू गरेका थिए । टुरान फस्ट ११ मा नै परे भने भिडाल बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु