प्रमुख तीन दल र मधेसी मोर्चाका कार्यदलबीच आज बार्ता हुँदै

Bhim-Rawal5-650x488पुस २३। काठमाडौँ, तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागका बारेमा छलफल गर्न गठित प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच पहिलो वार्ता भएको छ ।

सिंहदरबारमा बुधबार साँझ भएको सो वार्तामा दुवै कार्यदलका बीचमा खुलारुपमा कुरा भएको जानकारी गराउँदै उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले भने, “पारस्परिक विश्वासको वातावरणमा सकारात्मकरुपमा समस्याको समाधान हुनुपर्नेमा हामीले जोड दियौँ ।”

बैठकमा दुवै कार्यदलले राखेका आफ्ना धारणाका बारेमा आफ्ना पार्टीमा जानकारी गराउने र भोलि बिहान अर्को बैठकमा थप कुरा गर्ने सहमति भएको उनले बताए ।

बुधबारको बैठकमा मोर्चाका तर्फबाट ११ बुँदे मागका सम्बन्धमा कार्यदलले एकसरो रुपमा कुरा राखेको मोर्चाका तर्फबाट कार्यदलका सदस्य रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराए ।

बैठकमा प्रमुख तीन दलका तर्फबाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावल, एकीकृत नेकपा माओवादी महासचिव कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता महेश आचार्य रहेका थिए ।

त्यस्तै मोर्चाको तर्फबाट कार्यदलमा रहनुभएका तमलोपाका उपाध्यक्ष त्रिपाठी, सङ्घीय समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय सहभागी थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु