तब्बु क्याट्रिनाकी आमा कसरी बनिन्?

एजेन्सी, १२ फ्रेबुअरीमा रिलिज हुने फिल्म ‘फितुर’ सन् २०१५ मा सुटिङ सुरु हुँदानहुँदै चर्चामा आयो । अभिनेत्री क्याट्रिना तथा आदित्य राय कपुरको जोडी पहिलोपटक फिल्ममा देखिनु, रेखाले फिल्मलाई बीचैमा छाड्नुले यो चर्चा बढायो ।
तर, बुधबार ‘लन्च’ भएको यसको ‘ट्रेलर’ले थप चर्चा बढाएको छ । ट्रेलरमा क्याट्रिनाकी आमाको भूमिकामा तब्बु छिन् । पहिले रेखाले यो भूमिकामा अभिनय गर्ने तय भएको थियो । उनले अचानक फिल्म छाडेपछि त्यो भूमिकामा तब्बुले काम गरेको यसअघि बाहिर आएको थिएन ।

सुटिङमा पहिले सम्झौता गरेजस्तो ‘स्क्रिप्ट’ नभएको आरोप लगाउँदै रेखाले फिल्म छाडेकी थिइन् । रेखाले फिल्म छाडेपछि फिल्म निर्देशक अभिषेक कपुरले तब्बुलाई ‘एप्रोच’ गरेका थिए । नयाँ पत्रिका ।

Comments

comments

सम्बन्धित शिर्षकहरु