गोरखा समाजको साधारण

गोर्खालीहरू अस्ट्रेलियामा मजबुत बन्दै 
असनेपालन्युज ,सिड्नी । गोरखा समाज अस्ट्रेलियाको प्रथम साधारण सभा हुने भएको छ । समाजले असनेपालन्युजलाई जानकारी दिएअनुसार साधारण सभामा समुदायका सदस्यहरूलाई निम्त्याइेको छ ।
गोरखा समाज अस्ट्रेलियाको प्रथम साधारण सभा निम्न स्थान मिति र समयमा हुने जानकारी गराएको छ ।नयाँ बर्ष २०१६ को शुभ कामना आदान प्रदान तथा प्रथम साधारण सभा  Ashfield Park, Ashfield, NSW मा हुने तयारी समेत पुरा भएको   शिब बञ्जराले जानकारी दिए । जनवरी ९ अर्थात पौष २५ गते सनिबार पार्कमा १ बजे देखी ७ बजे सम्म हुने उक्त कार्यक्रममा उपस्थित भै दिनका लागि सम्पुर्ण सिड्नी बासी गोरर्खालीहरुलाई समेत आग्रह गरीएको छ ।

समाजले अहिले प्रकाश बस्ताकोटीको संयोजकत्वमा ५ सदस्यीय समितीले काम गर्दै आएको छ । प्रथम साधारण सभा बाट भने ९ सदस्यीय समितिको चयन हुने गोरखा सेवा समाज अष्ट्रेलियाले जानकारी दिएको छ ।
समाजले थप जानकारीका लागि ०४४९९४९२३२ संयोजक प्रकाश बस्ताकोटी, ०४१३१९७१६५ शिब बञ्जारा र ०४१३९२०५८६ सुरेन्द्रलाई सम्र्पक गर्न सकिने जानकारी गराएको छ ।12401680_1690571917852228_8774928997366979351_o
उक्त अबसरमा नया बर्ष शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रम समेत रखिएको जनाईेएको छ ।समाजले सिडनीबासि सबै गोर्खाली दाजुभाइ दिदीबहिनीहरु सबैको उपस्थितिका लागि अनुरोध गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु