ईतिहासको ओझेलमा नेपाली वस्ति

नेपाली  भाषा गुमाएको   नेपाली बस्ति फिजिमा अब १३६ वर्ष पछि  आशाको  नयाँ संचार

12369218_945401815542229_1083307605572602743_n12414260_948880505194360_1471435998_o 12371130_947621515320259_5751848521840087970_o 12375055_947621371986940_8111506827700746681_o (1)12376540_947621218653622_3858881516424592812_n 12380538_946922015390209_1196004466_n 2012072613101944 bech comber-भीमसेन सापकोटा

टापु नै टापुका अभुषणका विच प्राकृतिक छटाहरूले कुंदिएको   एउटा सुन्दर देश फिजी  । जहां ३२२ वटा सामुद्रिक टापुहरू  तलाउमा फुलेका कमलका फुल झै प्रशान्त महासागरमा  तैरिएका झैं लाग्छ  ।दक्षिण पश्चिम स्थित प्रशान्त महासागरको छातीमा विस्तारित यो मनमोहक द्विप ३१५२ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हराभरा जमिन , आधुनिकता र विश्वकै अनुमप पर्यटकिय गन्तब्यको नाम्ले परीचित यो देश को उन्नतिमा  नेपाली श्रम र पसिनाको ठुलो योगदान रहंदै आएको   छ । डच र बेलायतीहरूले प्रभाव पार्दै आएको  यो देशलाई सन् १८७४ देखि बेलायतले आफ्नो उपनिवेश कायम गर्दै आएको थियो । करिव सय बर्ष पछि १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक राज्य बन्न पुग्यो । बेलायतिहरूले  भारतबाट कामदार लगि फिजिमा चिनी कारखाना तथा उखु खेति सन्चालनका लागि सन् १८७९ देखि प्रारम्भ  गरेका हुन्।

नेपाल बाट भारतमा काम खोज्दै जाने समुह पनि त्यहि भारतियकै समुहमा मिसिएर हजारौं को सन्ख्यामा  फिजी पुगेको गिरिमिट सेन्टर लोटोका फिजी को तथ्यांङ्क छ ।

‘त्यतिवेला का सोझा र निराक्षर  नेपालीहरूलाई ललाई फकाइ झुक्याएर र गलत आश्वासनमा पार्दै त्यहां पुर्याईेएको  फिजिका पुराना नेपाली पुस्ता बताउंछन्।  २-४ महिनामै  आउने हो भन्दै लगिएका कामदारहरू फेरि कहिल्यै फर्कन पएन्न्।       सिङाटोका ‘कावा नाङा साउ ‘ क्षेत्र नेपालीहरू बसोबास गर्ने मुख्य बस्ती मानिन्छ जहाँं अहिले नेपाली मन , र्हिदय र र आफ्नो पनले भरिएका नेपालीहरूको बाहुल्यता भेटिन्छ। नवगठित फीजी  नेपाली अशोसिएशन का अध्यक्ष तथा फिजिमा पुग्ने नेपाली का तेस्रो पुस्ता प्रविण देव घर्ती भन्छन् ‘हामी बाट नेपाली भाषा गुम्यो , बोल्न सक्दैनौं , तर रगत मन र मुटुमा हामी पुस्तौं देखि नेपाली पन जोगएर राखेका छौं “।

उनी थप्छन हाम्रो पुर्खाहरूलाई कसरी घोडाको चाबुक ले हानेर दाष सरह काम लागाइयो त्यो सम्झदां पनि दुखलाग्छ । हामीले बुवा र हजुरबा बाट यस्ता असन्ख्य कहालीलाग्दा घटना सुन्दै आएका छौ । “

फिजिमा नेपाली पाइला

सन् १८७९ मे १५  मा कलकत्ता बाट फिजिको शुभा पुगेको पहिलो जहाजलियोनिदास‘  , ले नेपाली पाइला लाई फिजी टापुमा पुर्याएको थियो ४६३ जना यात्राु बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पुर्याईेको थियो यो पहिलो जहाजमा कति नेपाली थिए त्यसको कुनै तथ्यंङ्क  भेटिंदैन तर सिङाटोकाका एक नेपाली ब्रिद्दभन्छन्हरेक जहाजमा ४०५० जना देखि सय सम्मको संख्यामा नेपाली हरू रहेको हामीहरूले सुन्दै आएका छौं   सन्१८७९ देखि १९१६ सम्म भारत बाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कती पुगेका थिए भन्ने एकिन छैन तर त्यो सख्या हजार भन्दा काम नभएको अनुमान हाल यो संख्या विस्तारित भएर १० हजारको हारहारिमापुगेको इनसाइकोपिडिया ले उल्लेख गरेको फिजिको ठुलो टापुमेन्ल्यान्डभीती लेभुभाउनुवा लेभुअन्तर्गतका सिङाटोका लम्बासा मा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ राइ , घर्ती , मगर , थापा , न्यौपाने , पराजुली , तमाङ लगायतका थरभएका नेपालीइहरू भेटिने सो ईलाकामा नेपालीइ बोल्ने नेपाली भने कोहि पनिभेटिन्न्न उनिहरूको चुलामा अझै गुन्द्रुक , सेल , ढिंडो   नेपाली, परीकार पाक्छ , भेष भुषामा अझै टोपी लगाउंछन् , चाड पर्वमा दषैं तिहार , मनाउंछन् अनुहार हेर्दा नेपाली तर कुरा गर्न थाल्यो उनिहरूको भाषा पुरै हिन्दी अङेर्जी मात्र

१३६ वर्षको ईतिहास नेपालीइहरूको फिजिमा  तर यो समुदायको प्रवर्द्दनमा फिजी सरकारले साथ थियो नेपालले नै हामीलाई खोज्यो ‘”फिजी नेपाली अशोसिएशनका महासचिव विजेन्द्र सिंह गुनासो गर्छन् यसो फिजी सरकारले नेपाली कमदारलाई पनि भारतीयकै दर्जामा राखेको भारतीइ नै हुन् भनेर ब्यवहाँर गर्ने गरेकोबताइन्छ उनिहरूविच दरिलो संघ जोडदार आवाज नभएकाले पनि नेपाली पन  हराउंदै गएको   युएन को शान्ती प्रवर्द्दन  कार्य सम्हाल्न फिजी पुगेका नेपाली सन्तोष नौपाने बताउनुहुन्छ

यस सवालमा प्रधानमन्त्रि  फ्रङ्क बेनि मरामा ले पङ्तिकार सँगको कुटनितिक भेटघाटका क्रममा भन्नुभयोहामी बहुजातिय बहुसामुदायिक नीति अनुसार सबैलाई समान अवसर दिंदै आएका छौ : जहांसम्म  नेपाली समुदायको कुरा हामी उिनिहरूलाई प्रवर्द्दन  गर्न अन्य समुदायलाई सरह समान मौका दिन्छौं , यहि करणले नैफिजी नेपालीसांस्कृतिक दुत को समेत  नियुक्त गरेका हौं हामी यस बारेको तथ्याङ्क थप रिपोर्ट को लागि तय गर्दै छौं   ”

भाषा नरहे पछि जातीय पहिचन हराउंदै जान्छ , अबको पुषता पछि फिजिमा नेपाली पनि पुरै हराउन सक्ने चिन्तामा छन् फिजी इन्डियन  नेपाली इन्क का महासचिव अनिश बेहती यस बारेमा अन्तर्राष्ट्रिय साहित्य समाजअनेसासका केन्दीय अध्यक्ष्य पदम विस्वकर्मा भन्नुहुन्छहामी फिजिमा आफ्नो सन्जाल विस्तार गर्ने क्रममा छौ नेपाली भाषा साहित्य   विस्तारमा हामी अब तुरुन्तै पहल गर्दै छौ पुराना नेपाली बाहेक पछील्ला वर्षहरूमा   फिजी पुग्ने नेपालीइहरूको सन्ख्या भने अती नगन्य ति मध्ये कोहि पर्यटन कोही ब्यापार ब्यवसायमा संलग्न छन्

नेपाल सरकारको  ईतिहास नै अनभिज्ञ रहेको यो फिजिमा अब भने केही नयाँं आयामा  थपिने गैर आवसिय नेपाली संघ , ओर्सिनिय संयोजक महेन्द्र लम्साल बताउनुहुन्छ ।फिजी सरकार , स्थानिय नेपाली. नव नियुक्त फिजी सान्स्क्रितिक दुत  को समन्वयमा अब एन आर एन शाखा विस्तार गर्ने यस पछि छोपिएको नेपाली ईतिहास लाई फेरीबग्राउने उहांको भनाइ  

फिजिमा दुर्घटनामा परेका नेपालीहरूको सम्झना गर्दै श्रद्दान्जली

फिजी कोक्युबा विचमा दुर्घटनामा परेका नेपालीहरूको सम्झना गर्दै एक श्रद्दान्जली कार्य क्रमको आयोजना गरिएको 136 वर्ष अघि त्यहां नेपाली कामदार समेत बोकेको जहाज दुर्घटना भएको सम्झनामा सो कार्यक्रम सम्पन्न भएको हो नेपालफिजि सांस्कृतिक राजदुत भीमसेन सापकोटा आर सि एम अाइका अंतर्रार्स्ट्रिय अध्यक्ष्य बबआधार तथा स्थानिय काउन्सिलका प्रतिनिधि, स्थानिय वासिन्दका विच सो कार्यक्रम आयोजना गरिएको हो सन् १९८४ मे १७ मा भारत बाट नेपाली भारतीयगिर्मिटियाकामदार सहित यो फिजिको क्युवा विच नजिकैको टापु स्थितनेसलाई रिफ मा४९७ जना यात्रु बोकेको पानी जहाज डुबेको थियो यहाँं पुगेर त्यो मर्म स्पर्शि कहानीसुन्दा नदुख्ने कुन मन होला ! ‘-सहभागीहरूको अभिब्यक्ति थियो मर्नेहरूमा सनाखत हुन नसकेका कती नेपाली कामदार पनि थिए भन्ने फिजि मेरिटाइनको अभिलेख यो एउटा ईतिहासको विर्सन नसकिने घाऊ थियोसबैले दु: पोखे बेलायती सरकारले झुक्याएर भारतीय सँगैं मिसाएर लगेका ति निर्दोष नेपाली कामदारहरूकोआत्माले चीर शान्ति पावस भन्दै आज 136 बर्ष पछि भए पनि उनिहरूको नाममा यो प्रशान्त महासगरकोक्युवा समुद्र तटमा स्थानिय बासिन्दा कासाथ एक श्रदान्जली यो ध्यानको आयोजना गरिएको आयोजक हरूले बताए स्थानिय काउन्सिलका प्रतिनिधि अभिनेश सिंह बताउंछन् -‘हाम्रो रेकर्डमा नेपालीइहरूको सम्झनामा गरिएकोयस्तो कार्यक्रम यो नै सम्भवत पहिलो हो

तीन नेपाली का एक श्रीमती 

बुढा मरे भाषा सरेभन्ने नेपाली उखान तर फिजिमा भने नेपालीहरूको  पुस्ता पार भयो तर  भाषा सर्न सकेन, बरू मर्दै गयो  नेपालीइहरू  भारतीय कामदार सँगै मिसिएर गएका थिए महिलाको संख्या कम  थियो पुरुषहरू  बढी। त्यसैले उनिहरू मध्ये धेरैले भारतीय महिलाहरू सङैं घरजम गरे , सन्तानहरूलाई हिन्दै बोल्नै पर्ने बाध्यतासिर्जियो प्रविण उनको पुर्खाको थालो देखाउंदै भन्छन्कामदारहरूको शिविरमा महिला कम थिए, त्यतिबेला ब्रिटिश एजेन्टले एक महिला बराबर पुरुष राखिदिएको थियो , ति महिलाले भन्ने गर्थिन कि कुन सन्तान कुन चाहिं पुरुष   हो यो क्रम पहिलो पुस्ता विच निकै समुह विच चलेको थियो त्यसैले हाम्रो थर भाषा छिन्न भिन्न भयो  

फिजिमा पशुपती मन्दीर

३० वर्ष अघि बेलायति गोर्खाली  सेना तालिमका लागि फिजी पुगेका थिए उनिहरूले यहाँं नेपाली छ्न् भन्ने थाहा पाए पछी आपासमा भला कुसारि गरे सैनिक टोली को सहयोगमा सिङटोका कावा नाङा साउ मापहिलो पटक नेपाली पशुपती  मन्दिर बनाइदिए     अहिले पनि पशुपति मन्दिर भनेर गर्व गर्छन् नेपालीइ पुस्ता तर नेपालीइसमुदायकि संगिता लता दुखेसो पोख्छिन्न्यो मन्दिर अहिले गैर नेपाली समुहले सन्चालन गरेको हामीलाई प्रवेश बन्द यस बारेमा नेपाली संघ संस्था ले केही पहल गरिदिए हुन्थ्योउनी थप्छिन्न्।

नेपालको राजनीति   बस्तुस्थिती का बारेमा फिजिका नेपाली समुदाय  निकै चासो राख्छ्न्। तर यहां जातिय विभेद , वर्गिय भेदभाव केही छैन। नान्दी बिमानस्थलमा कार्यरत अमितेश भन्छन्हामीलाई नेपाली भेटेपछि फ्नै लाग्छ जातजाति भौगोलिक भिन्नता हामिमा   छैन 

 नेपाली भाषाको    संचार माध्यम शुन्य

फिजिमा अहिले सम्म नेपाली भाषाको कुनै संचार माध्यम अस्तित्वमा छैन ३७ प्रतिशत जनसंख्या हिन्दी बोल्ने यो देशको बांकि भाषा  आदिबासिकाइभिती अङ्रेजी हुन्।   लीभाषाका बारेमा    विश्वकै पहिलो नियमित प्रकाशन हुने पत्रिका भनेर मानिंदै आएकोदि फिजी टाइम्सका प्रधान  सम्पादक फ्रेड वैसली  भन्छन्हामी हिन्दी भाषामाशान्ती दुतप्रकाशन गर्दै आएका छौं तर नेपाली पढने पाठक अभावमा नेपालीइ पत्रीका प्रकाशको ईतिहास भने छैन  

 फिजी टाइम्स फिजी बाट प्रकाशित बहुचर्चित राष्ट्रिय दैनिक हो , जुन पत्रीका सेप्टेम्बर १८६९ देखि अनवरत प्रकाशइत हुंदै आएको उक्त पत्रीकाका प्रधान सम्पादक Fred Wesley सँग , मुख्य कार्यालयशुभाशहरमा पक्तिकारले पत्रीकाकै कार्यालयमा  यस बिषयमा भलाकुसारी गरेको थियो  

  नेपाली नबोलिने नेपाली बस्तिमा अब भने विभिन्न निकायको चासो बढेको  उनिहरूले १३६ बर्ष देखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तारका  लागि संसार भरका   नेपाली सँग याचना गरेका छन्। उनिहरूले सिङाटोकामा गत साता यस पक्तिकार्लाई स्वागत गर्ने कार्यक्रमका विच भने ”  बकुल्लालाई कागको बथानमा मिसाउंदैमा कागहुंदैन, हामी पनि नेपाली जहाँ जसरी रहौं नेपाली हौं , पुस्तौं पुस्ता सम्म आफ्नो पनको खोजी गर्यौं ,नेपाली पनमा गौरव गर्छौं , हामीलाई नेपाली बनेरै बांच्न मर्न सहयोगको याचना गर्छौं , संसारका नेपालीहरू हो सघाइदिनोस्। “यो समाचार नेपाली पत्रले समेत प्रकाशमा ल्याएको छ ।  http://www.nepalipatra.com/news/trend/nepalese-community-in-fiji/458

।। अस्तु ।।

12342353_945400502209027_1176289139973665536_n

( लेखक नेपालफिजि सांस्कृतिक राजदुत हुनुहुन्छ )

Comments

comments

सम्बन्धित शिर्षकहरु