अस्ट्रेलियाको टोपि दिवसमा विदेशिहरूको उत्साह्प्रद सहभागी

1234258_405329396234459_378514452_n 1479002_922427154506131_6303272379742879754_n 6901_10207208736328279_8996344895626602320_n
12376006_942368142465361_4243427866890329526_n

असनेपालन्युज , सिड्नी ।अस्ट्रेलियामा मनाईएको नेपाली ढाका टोपि दिवसमा अस्ट्रेलियाका रहेका विभिन्न देशका नागरिक सहभागी बनेका छन्। यसको अलावा नेपालीहरूविच विभिन्न स्थानमा टोपि दिवस मनाईएको छ । एडेलेड , विक्टोरिया ,ब्रिसबेन सिड्नी लगायतका स्थानमा नेपाली तथा विदेशिविच टोपि लगाएर यसको महत्व र नेपालको चर्चा गर्दै यो दिवस मनाईएको गैर आवसिय नेपाली संघ( एन आर एन) अस्ट्रेलिया का तर्फ बाट छवि सापकोटा असनेपालन्युजलाई बताउनुहुन्छ ।
यसैगरि अस्ट्रेलियन योग प्रशिक्षक समाज समाज ले स्वामि सरस्वति आश्रम मा एक विषेष टोपि दिवस मनाउंदै नेपाल र नेपालीको पहिचान बारे विदेशिहरूलाई जानकारी गराईएको छ । नेपाली योग ध्यान प्रशिक्षक आचार्य राजन शर्माको संयोजनमा सो कार्यक्रम अजमाईेको थियो । सो अवसरमा अस्ट्रेलिया ,नर्वे ,नेपाल , हङ्ग्कङ , फ्रान्स , फिजि, भारत , न्युजील्याण्ड ,फ्रान्स लगायतका योग प्रशिक्षक तथा साधक हरू हुनुहुन्थ्यो । उहांहरूले ‘ टोपि र सगरमाथाको महत्व बुझेपछि नेपालमा घुम्न जाने हौसला मिलेको “बेलायती योग साधीका लिजा ले बताइन ।
सो कार्यक्रम मार्फत नेपाल को बारेमा जाँन्न चाहने हरू लाई ठुलो अवसर मिलेको सहभागीहरूले बताए । योग साधना गर्दै आउनु भएका शुवांश शाह ‘नेपालीहरू विच मनाईेएको टोपि दिवस भन्दा पनि विदेशीहरू विच मनाउंदा यसले नेपालको महत्व बढाउन थप सहयोग गरेको बताउनु भयो । सो अवसरमा योग प्रशीक्षक राजन शर्माले हरेक वर्ष गैर नेपालीइहरूलाई टोपि दिवसमा सहभागीगराउंदै लैजाने बनाउनु भयो ।
संसारभर तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१४ जनवरी १ देखि संसारभर यो दिवस मनाउन सुरु गरिएको हो । पश्चिमा संस्कृतिको प्रभावमा विशेषगरी नेपाली युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु