पार्टी एकढिक्का बनाउन कार्याकर्ताको दबाब आवश्यकः सभापति कोइराला

g]kfnL sfFu|];sf ;efklt ;'zLn sf]O/fnf kj{t ;b/d'sfd s'Zdfahf/b]lv If]q g+= @ sf] d'l8s'jf hf]8g] g]kfns} bf];|f] cUnf] k'nsf] lznGof;kl5 ;Daf]wg ub}{ . tl:a/ M nIdLk|;fb ;fksf]6f, kj{t, /f;;

पोखरा,  नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, कास्कीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र एकआपसमा आरोप प्रत्यारोपको संस्कृति मौलाएको र यसले समग्र सङ्गठनलाई हित नगर्ने हुँदा नेतृत्वलाई एक बनाउन कार्यकर्ताले आफ्नो कुरा राख्नुपर्ने बताए।

“बाह्रौं महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा लिए पनि १३ औंँ महाधिवेशन आउँदासम्म पनि पार्टीमा भावनात्मक एकता कायम हुन सकेको छैन,” उनले भने “संस्थागत मर्यादा कायम गर्दै आरोप प्रत्यारोपबाट नभई पार्टीभित्र एकता कायम गर्नु आवश्यक छ ।”

देशमा लोकतन्त्रका लागि नेपाली कांग्रेसले लामो समयदेखि अनवरत सङ्घर्ष गरेको बताउँदै उनले देशलाई हिंसात्मकताबाट शान्तितर्फको बाटोमा बढाउँदै नेपाली जनताको लामो समयको सङ्घर्षको उपलब्धिका रुपमा कांग्रेसकै नेतृत्वमा देशले नयाँ लोकतान्त्रिक संविधान प्राप्त गरेको बताए ।

देशलाई सङ्कट परेका बेला कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति कोइरालाले मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गर्न पार्टी दृढ रहेको उल्लेख गरे ।

जननायक विपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापकै जगमा कांग्रेसले हिंसात्मक विद्रोहलाई शान्तिमा रुपान्तरण गरेको बताउँदै उनले देशका जस्तासुकै समस्याको समाधानका लागि पार्टीले अग्रसरता लिने उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाली जनताको चेतनास्तर उचो बनाउन नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँदै गाउँ, समाजमा आफ्ना हकहित र अधिकारका लागि सङ्गठित हुने विद्यमान अवस्थाको सिर्जना कांग्रेसकै देन भएको उल्लेख गरे ।

मधेसले शान्तिपूर्ण आन्दोलनका माध्यमबाट आफ्ना पहिचान स्थापित गर्न खोजेको उल्लेख गर्दै उनले मधेस आन्दोलनको राजनीतिक रुपमा समाधान गर्न काँग्रेसले अग्रसरता लिनुपर्ने बताए।

वर्तमान सरकारले संविधानलाई मिचेर भागबण्डाका नाममा मन्त्रालय फुटाएको उल्लेख गर्दै उनले सरकारलाई जोगाउने नाममा राज्यको अर्बौंको दायित्व बढ्ने गरी गरिएको कार्य गलत भएको टिप्पणी गरे ।

नेपाली कांग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले विभिन्न राजनीतिक विचारका राजनीतिक दललाई एक ठाउँमा ल्याएर कांग्रेसले राष्ट्रलाई लोकतान्त्रिक संविधान दिएको बताए ।

संविधानको कार्यान्वयनका जिम्मालाई पनि दृढताका साथ कांग्रेसले पूरा गर्ने बताउँदै उनले देशलाई अब आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढाउनुपर्ने धारणा राखे।

Comments

comments

सम्बन्धित शिर्षकहरु