सलमानको ‘बर्थडे केक’को मूल्य एक लाख भारु

एजेन्सी, बलिउड अभिनेता सलमान खानले केही दिनअघि आफ्नो पचासौँ जन्मदिन मनाए । मिडियामा समाचारको विषय बनेको अविवाहित सलमानको जन्मदिन पार्टीको चर्चा अझै सेलाएको छैन । सवाल उठ्यो, उनले जन्मदिनमा काटेको ‘केक’को मूल्य कति परेको थियो त ? यसको जवाफ खोज्दै भारतको एक सञ्चारमाध्यमले खबर लेखेको छ– सलमानको ‘बर्थडे केक’को मूल्य एक लाख भारु परेको थियो ।

रिपोर्टअनुसार सलमानले बर्थडेमा काटेको केक तीन ‘लेयर’को चकलेटी थियो । उनकी बहिनी अर्पिताको निगरानीमा केक तयार पारिएको थियो । ५० किलोको केकको डिजाइनर अर्पिता नै थिइन् । नयाँ पत्रिका।

Comments

comments

सम्बन्धित शिर्षकहरु