ओलीलाई भारतमा स्वागत छ: राजदूत रे

Indian_Eagle_Ranjit_Ray_9814648221पुस १६ । काठमाडौं, चीन सरकारको उच्च तहबाट निमन्त्रणा प्राप्त भई तत्काल त्यसतर्फ जाने मिति निर्धारण गर्ने तयारी भईरहेका बेला भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिला दिल्ली नै बोलाउने तयारी गरेको संकेत प्राप्त भएको छ । भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री ओलीलाई आइतबार भेटी भारत उनलाई स्वागत गर्न इच्छुक रहेको संकेत दिएका थिए ।

प्रधानमन्त्री निर्वाचित भएपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरी अनुकूल समयमा भारत भ्रमण गर्ने निम्तो दिए पनि त्यसपछि त्यो विषयलाई भारत सरकाले बुझिने गरी थाती राखेको थियो । आजको अन्नपूर्णपोष्ट दैनिकबाट।

Comments

comments

सम्बन्धित शिर्षकहरु