पशुपतिमा राष्ट्रपतिको विशेष पूजा

????????????????????????????????????

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार विहान पशुपति मन्दिरमा विशेष पूजा अर्चना गरेकी छन् ।

देशको संकट मोचनका लागि उनले पशुपतिमा विशेष पूजा गरेकी हुन् । सोमबार विहान उनले करिब आधा घण्टा पशुपतिमा बिताइन् ।  राष्ट्रपति पूजा गर्न आउने थाहा पाएपछि सयौँ सर्वसाधारण उनको स्वागतमा पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए । हातमा फूल र नेपालको झण्डा लिएर बसेका सर्वसाधारणले राष्ट्रपतिलाई विशेष स्वागत सत्कार समेत गरे ।    पूजा गरेर बाहिरिएपछि राष्ट्रपतिले उपस्थित सबैलाई हात हल्लाएर अभिवादन गरिन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु