सिटोलाको प्रष्टिकरण, सरकारको विकल्प खोज्ने बेला भएको छैन

krishna-sitaulaचितवन, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले आइतबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताए।

कांग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए। स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म पहिलो चरणमा संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै उनले यी सबै काम गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

महामन्त्री सिटौलाले भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

कांग्रेस अहिले महाधिवेशनको तयारीमा जुटेको भन्दै उनले १३औँ महाधिवेशनले नयाँ दृष्टिकोण र विचार ल्याउने पनि बताए । पत्रकारको जिज्ञासामा महामन्त्री सिटौलाले आफ्नो उम्मेदवारीको विषय सार्वजनिक गर्ने समय नआएको बताए । उनले भने, “बोलेर पत्याउने समय आएपछि मात्र उम्मेदवारीको घोषणा गर्छु ।”

मधेससी दलसँगको वार्ता छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले सीमाङ्कनको विषय तत्काल टुङ्गिन नसक्ने बताए । राजनीतिक समिति बनाएर त्यहीँका जनताको राय÷सुझाव लिएर मात्रै सीमाङ्कन हेरफेर गर्न सकिने उनको भनाइ थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु