यस्तो थियो सोनाक्षीको इच्छा

‘थप्पड से डर नही लगता साहेब, प्यार से डर लगता है,’ फिल्म दबंगमा अभिनेत्री सोनाक्षी सिन्हाको यो डायलग निकै चर्चित बन्यो । डायलगकै कारण चर्चित बन्ने कम हिरोइनहरूमा सोनाक्षीको नाम पनि आउँछ, बलिउडमा । उनी बलिउडका व्यस्त नायिकाहरूकै लाइनमा पर्छिन् ।

फिल्मको अभावमा अहिलेसम्म उनी खाली बस्नुपरेको छैन । तर, सोनाक्षीले आफ्नो मनको खास कुरा खोल्दै भनेकी छिन्, अभिनेत्री बन्ने मेरो चाहना नै थिएन । ‘इमानदारीसाथ भन्छु कि म अन्तरिक्षयात्री बन्न चाहन्थेँ,’ उनले एक साक्षात्कारमा भनेकी छिन्, ‘मेरो गणित निकै कमजोर थियो, जसकारण कुनै पनि संस्थाले अध्ययनका लागि मेरो भर्ना नै लिएनन् ।

‘कस्ट्युम डिजाइनर’का रूपमा आफ्नो करिअर सुरु गरेकी अभिनेत्री सेनाक्षीका बुबा शत्रुघन सिन्हा पनि अभिनेता । उनी पनि फिल्म लाइनमै आइपुगिन् । सन् २०१० मा सलमान खान अभिनीत दबंगबाट उनीले हिन्दी फिल्ममा कदम चालिन् । फिल्मी क्षेत्रमा आफ्नो प्रवेशलाई सोनाक्षी भाग्यको खेल ठान्छिन् ।

शारीरिक बनोटका कारण पनि सोनाक्षीलाई बोल्ड हिरोइनका रूपमा लिइन्छ । त्यसो त उनलाई खेलतिर पनि रुचि छ । पौडी र टेनिस खेल्न रुचाउने उनले भनेकी छिन्, एकताका मलाई पौडीबाज बन्न पनि मन लागेको थियो ।
फेसन डिजाइनरका रूपमा करिअर सुरु गर्दासम्म पनि उनलाई अभिनेत्री बन्ने चाहना थिएन । उनी फेसन डिजाइनरका रूपमा स्केच बनाएर केवल कलाकार बन्न चाहन्थिन् । तर, उनी कलाकार मात्रै होइन, अभिनेत्री नै बन्न पुगिन् । ‘यहाँ मजस्ता धेरै व्यक्ति छन्, जो करिअरलाई विकल्पका रूपमा प्रयोग गरिरहेका छन्,’ उनी भन्छिन् । नयाँ पत्रिका ।

Comments

comments

सम्बन्धित शिर्षकहरु