लिनुमा भन्दा दिनुमा आन्नद आउनुनै सच्चा प्रेम

-भीमसेन सापकोटा,

‘कुनै एक ब्यक्तिका लागि तपाइं नराम्रो सावित भए पनि अरु कसैका लागि अति उपयोगि बन्न् सक्नु हुन्छ। तसर्थ कसैले खराव र दोषि भन्दैमा आफु मुल्यहिन् बनेको सम्झेर दुखिं नहुनोसस्। “-लुएन ।

हामि भोजन दुषित नहोस र शुद्द होस् भनेर् प्रयास गर्छौं , किनकि यसले पेट खराव गर्छ। तर हाम्रो जीवन र मानासिकता खराव गर्ने दुषित विचार तर्फ भने हाम्रो विरलै ध्यान गएको ह्न्छ । एक दिनको दुषित खानाले ब्याक्टेरिया फैलाउंछ तर औषधी खाए पछि पुन: स्वस्थ्य बनिन्छ । दिमागमा दुषित विचार फैलिए पछि त्यसको औषधी गर्न निकै समय लाग्छ रऔषधी बजारमा खरिद गर्न सकिंदैन । दुषित विचार प्रति सचेत रहेर समयमै यसुको निदान खोज्न सकिन्छ । वैज्ञानिक अैन्स्टाइन भन्छन्न,राम्रो देखिन जति सजिलो छ सांच्चै राम्रो बन्न उतिनै गाह्रो छ । अरू कसैलाई देख्ना साथ उसको राम्रो भन्दा पनि खराव पक्ष दिमागमा आउंछ भने त्यो दुषित विचारको बिज हो । किनकि कुनै पनि ब्यक्ति खराव गुणको मात्र पक्कै हुंदैन । कसैलाई खराब भनेर लेप लगाउन साथ एकछिन तपाईंलाई राहत मिले पनि,अरूप्रतिको इर्स्यामा तृप्‍ति मिले पनि त्यसले अरूलाई भन्दा आँफैंलाई बढी घात गरिरहेको हुन्छ । मनोवैज्ञानिकहरूको अनुसन्धान्ले देखाएकोछ कि अरूको कुभलो सोच्ने , कुरा काट्ने मानिसको दिमागमा विस्तारै सकारत्मक पन रित्तिदै जान्छ र अत्न्यमा अरूको राम्रो सुन्नै नसक्ने बानि बिकास हुन्छ जुन उसको शरिर र मनका लागि सदैव घातक हुन्छ । उसका खुसिका ढोका बन्द हुंदै जान्छन्। अरूको प्रगति देख्ना साथ जलन र इर्स्याले दुखि हुने बानि बड्छ । संसारमा आफ्ना वरीपरि कसै न कसैले कुनै न कुनै क्षेत्रमा मेहनत गरेर प्रगति गरी रहेकै हुन्छ । यो संसारको रीत हो ।

यस्ता प्रगतिका समाचार हरेक दिन सुन्नमा आउंछ , अरूको भलो सुन्न साथ मन खुम्च्याउने बानि परेकाहरू हरेक दिन दुखि रहन्छन्। शँका , अविश्वास ,घ्रिणा मनमा आईरहंदा लाभ बोकेर आएका कुरा पनि हानी दिएर जान्छ्न्। बिहेमा बुहारीले के के लिएर आई भनेर लुकि लुकि हेर्ने समाज उसले के के छोडेर आकी छ भनेर अन्दाज समेत गर्दैन । कसैले उपहार दियो भने त्यो उपहार दिन उसले कती खर्च गर्नु पर्‍यो , पैसा भन्दा पनि त्यो पाउन , बजार जान , त्यसलाई आफु सम्म ल्याउन , उसले कती मुल्यबान समय खर्च गर्‍यो त्यो हेरिंदैन बरू उसले हेर्छ उपहारमा के छ , उसले सोचे जस्तो छ किन छैन ! यी साना कुरा हुन्न तर यसले मनमा दु:खको जरा गाडेर विशाल रुख बनाइ दिन्छ । ‘रसो वै सा ‘ !वेदमा भनिएको छ सुख मा डुब्नु छ भने आँफैभित्रको अनन्त आनन्द सुख मा डुब । -नित्सेले भनेका थिएे- ‘एे महासय आउ म महामानव बनाउंछु । ‘ साना तिना खोल्सा मा अलिकती ढल र नाली पस्स्यो भने त्यो दुषित : हुन्छ । तर महासागरमा जती ढल मिसाउ त्यो विषाक्त हुंदैन । यस्तै सानो चेतना वाला ब्यक्ति साना साना कुरा बाट प्रभावित हुन्छ , उसलाई दुखि बन्न साना घटना पर्याप्त हुन्छ । तसर्थ महचेतना बन्ने अभ्यास गरौ त्यसमा विशाल आरोह अवरोहका विच पनि आनन्दमा रहन सक्छ ।जब आत्मा महाआत्मा मा विलय हुन्छ तब अन्तिम र अथाह सुखमा परिणत हुन्छ ।

तर आम मानिसहरू यसरी नकारात्मक सोचमा बांचिरहंदा यस युग र समाज प्रति साकारात्मक सोच र चिन्ता गर्नेहरू केही विउको रुपमा भेट्न सकिन्छ ।

कबीरको एक प्रसिद्ध उद्गार छ— ‘सुखिया सब संसार खावै और सोवै।’ यो संसार खान्छ, सुत्छ, यसैमा सुखी छ। ब्रेड र सेक्समै रमाउ”छ। ‘दुखिया दास कबीर जागे ओर रोवै।’ कबीर दुःखी छन् किनभने उनमा होस् र जागरण छ र संसारको मूढता देख्न सक्छन्। कबीर भन्छन्— ‘जति हेर्छु संसारको त्यतिकै मलाई चिन्ता लाग्छ, पीडा लाग्छ र म रुन्छु।’ किनभने संवेदनशील मानिस बुद्धिभन्दा माथि करुणामा जिउ”छ। उनीहरू यो संसारमा दन्केको दुःखको आगो कम गर्न हरसम्भव प्रयासरत हुन्छन्। चेतनाको पूर्ण शिखर प्राप्त गरेका महापुरुषहरू सबै प्राणीमात्रको जीवनस”ग समस्वरतामा जिउँछन्। उनीहरूको संवेदनशीलता यति उच्च हुन्छ कि अरूको पीडालाई आफ्नै पीडाझंै बोध गर्छन्। प्राणीहरूलाई दुःखबाट मुक्त हुने अनेक उपाय सुझाउँछन् र ‘सर्वे भवन्तु सुखिनः’ को प्रार्थना गर्छन्।

मानिसका समस्याहरूलाई समाधान गर्ने समग्र उपाय जबसम्म हामीले अवलम्बन गर्दैनौं तबसम्म समस्याहरूको दुष्चक्रमा हामी फसिरहनेछौं। हाम्रो जीवन अनेक आयामहरूको सम्मिलित एकाइ भएकाले सामान्य बुद्धिले मात्र समस्याहरू सुल्भि्कँदैनन्। हामी शरीरमात्रै होइनौं, बुद्धिमात्रै पनि होइनौं। तर हाम्रा शिक्षा प्रणाली र विश्वविद्यालयहरूले यो सत्यलाई स्विकारेको छैन। उनीहरू खालि बौद्धिक खुराक प्रदान गर्नेमै व्यस्त छन्। योभन्दा माथि उठेर एक समग्र जीवनको लागि खासै प्रयास भइरहेको पाइँदैन। शारीरिक शिक्षामा पनि खासै उल्लेख्य ध्यान गएको छैन। शरीर र बुद्धिभन्दा माथिको हृदय जुन अत्यन्त संवेदनशील छ, त्यसको लागि स्वस्थ खुराक र प्रशिक्षण छैन। हृदयको भोजन प्रेम हो, सौन्दर्य हो, संगीत हो, करुणा हो। यसको विकास गर्ने कला अलि गहन भएकाले यसको लागि साधना चाहिन्छ। मानव जीवनको यस्तो उच्चतम आयामको विकासका लागि संसारले ध्यान दिइरहेको छैन किनभने साधारणतः मानिसहरू यसको आवश्यकता नै ठान्दैनन्।स्वामि अरुणको भाषामा हाम्रो सभ्यता भौतिकवादबाट बौद्धिकतामै गएर टुंगिएको हुनाले समस्याहरूको रास लागेको हो।

हामी स–आवधिक सन्यासी, वैरागी या योगी बन्न सक्छौं। सावधिक संन्यासीको मतलब आफ्नो कामधन्दामा पनि बस्ने र साधनालाई पनि समय दिने। २२ घन्टा संसारलाई दिऔं, एक घन्टा बिहान र एक घन्टा बेलुका जोगी–संन्यासीको रूपमा आफ्नो साधनालाई दिऔं। त्यस बेला व्यापार, व्यवसाय र कामलाई पूरै बिर्सिदिऔं। शरीरको लागि योग गरौं, सबल प्राण शरीरको लागि प्राणयाम गरौं, शान्त मनस् शरीरको लागि राम्रो साहित्य पढौं, जीवन रूपान्तरणका प्रवचनहरू सुनौं। विज्ञानमय शरीरको लागि ध्यान गरौं। यी चार आयामलाई मिलाउने हो भने यो सानो प्रयास प्रसाद बन्न सक्छ। उपनिषद्ले के भन्छन् भने अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष र विज्ञानमय कोष यी चारै कोष स्वस्थ र सामञ्जयसमा भए भने आनन्दमय कोषको प्राप्ति हुन्छ। मनुष्य जीवन आनन्दले ओतप्रोत हुन्छ। यो मानव जीवनको उच्चतम उपलब्धि हो। जबसम्म यी चारै शरीरले आफ्नो पोषण पाउँदैनन् जति धन थुपारे पनि, जति शक्ति हातमा आए पनि, जति मानसम्मान अरूबाट पाए पनि, जति वस्तुहरूको भोग गरे पनि हामी वास्तवमा दुःखी, चिन्तित र तनावग्रस्तै रहन्छौं र एक दुःखी संसार निर्माण गरिरहेका हुन्छौं। समाजका समस्याहरू जटिल हु”दै जान्छन्, अन्ततः मनुष्य स्वयं दुःखी हुन्छ। अरूको दुःखको कारण बन्दै जान्छ।

10410556_946431395439271_8349196651226392058_nअरुलार्इ प्रेम गर्न र खुसी बनाउन पहिला प्रेम गर्ने व्यक्ति नै खुसी हुनुपर्छ । लिनुमा भन्दा दिनुमा आन्नद आयो भने मात्र त्यो सच्चा प्रेम हो । जति दियो त्यति नै फिर्ता खोज्यो भने त्यो प्रेम नभइ केवल व्यापार मात्र हुन पुग्छ । अहिले सुखि हुनका लागि सुधार्नु पर्ने कुरा हामीले यहि हो। भोजनबाट बनेको अन्नमय कोष (शरीर), उर्जाबाट बनेको प्राणमय कोष, विचारबाट बनेको मनोमय कोष, विचारहरुलाई निरपेक्ष भावले हेर्ने क्षमता भएको विज्ञानमय कोष र आनन्द स्वभावले बनेको आनन्दमय कोषको सत्यलाई आजै बाट चिन्ने प्रयास गरौ। [email protected]

Comments

comments

सम्बन्धित शिर्षकहरु