यस्तो छ नाकाको अपडेट

dipo-e1449564659381सुनौली नाकाबाट इन्धनका दश गाडी भित्रिए
मंसिर २७ । काठमाडौं, भैरहवा नाकाबाट शनिबार ८९ मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । तीमध्ये डिजेलका आठ र पेट्रोलका दुई ट्यांकर रहेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत केशव ओलीले जानकारी दिए । पछिल्लो समय भैरहवा नाकाबाट दैनिक बढीमा सय गाडी भित्रिन दिने अघोषित समझदारीअनुसार गाडी नेपाल आइरहेका छन् ।

जोगबनीबाट आए इन्धनका ३२ गाडी
विराटनगर–जोगबनी नाकाबाट शनिबार साँझसम्ममा एक सय ८५ मालबाहक सवारीसाधन भित्रिएका छन् । तीमध्ये डिजेलका १९, पेट्रोलका चार, खाना पकाउने एलपी ग्यासका नौ बुलेट, औषधिको एउटा गाडी भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

काँकडभिट्टाबाट आए ९७ गाडी, इन्धनका आएनन्
पूर्वी नाका काँकडभिट्टाबाट शनिबार ९७ वटा मालबाहक सवारी नेपाल प्रवेश गरेका छन् । तेस्रो मुलुकबाट भित्रिएका आठवटा कन्टेनरसहित ती मालबाहक सवारी नेपाल भित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीले शनिबार र आइतबार पश्चिम बंगालमा बिदा हुने भएकाले ट्यांकर नभित्रिने बताए ।

नेपालगन्जबाट इन्धनका २४ ट्यांकर भित्रिए
यो नाकाबाट शनिबार राति ९ बजेसम्म १०१ मालबाहक गाडी आएका छन् । त्यसमध्ये डिजेलका २० र हवाई इन्धनका ४ ट्यांकर भित्रिएका छन् । खाना पकाउने एलपी ग्यासको ३ बुलेट भित्रिएको प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले जानकारी दिए । नयाँ पत्रिका।

Comments

comments

सम्बन्धित शिर्षकहरु