नाकाबन्दी छिट्टै खुल्छः अर्थमन्त्री पौडेल

1558ee018c03343317853d2fe79b3dbeललितपुर,  अर्थमन्त्री विष्णु पौडेलले भारतले लगाएको नाकाबन्दी छिट्टै खुल्ने बताएकाछन्

बाह्रवर्षे गोदावरी सिंहस्थ महामेला आयोजकले आज आफ्नो खर्च विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उहाँले इन्धन अभावले पैदा भएको समस्या समाधानतर्फ गएको बताएका हुन् । मधेसी मोर्चासँगको वार्ता सकारात्मक हुँदै गएको उनको भनाइ रहेको थियो ।

चक्रपथदेखि गोदावरीसम्मको बाटोलाई फराकिलो पार्ने कार्यमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । यसैगरी, उनले वहुप्रतिक्षित ललित घुम्ती सडक निर्माण तथा गोदावरी करिडोर सडक निर्माणमा समेत सहयोग गर्ने आश्वासन दिए ।

गोदावरी कुण्डको जिर्णोद्धारलगायत नवनिर्माणमा पनि सरकारको सहयोग रहनेछ, उनले भने

महामेलामा रु एक करोड छ लाख ९६ हजार १२७ आम्दानी भएकोमा ४८ लाख ५८ हजार ५५७ रुपैयाँ बचत भएको आयोजकका सहसंयोजक मधुसुदन पौेडेलले बताए । गोदावरी मेला गत भाद्र महिनाभरि सञ्चालन भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु