राप्रपामा फेरि विवाद

pasupati samserमंसिर २५ । काठमाडौं, अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी विधानविपरीत उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य नियुक्त गरेको भन्दै प्रकाशचन्द्र लोहनी समूहले विरोध गरेपछि राप्रपामा पुनस् विवाद भएको छ ।

अध्यक्ष राणाले विधानको दफा ३८ को ठाडो उल्लंघन गरी उच्चस्तरीय कार्यसम्पादन समिति सदस्यमा प्रेमबहादुर भण्डारीलाई नियुक्त गरेको भन्दै नेता डा। प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, हरिबहादुर बस्नेत, परशुराम खापुङ र बलराम घर्तीमगरले पार्टीको लेटरप्याडमा संयुक्त विज्ञप्ति जारी गरी असहमति जनाएका छन् । राणाले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी विधानबमोजिम उच्चस्तरीय कार्यसम्पादन समिति सदस्यमा प्रेमबहादुर भण्डारीलाई नियुक्त गरेको जनाएका थिए ।

भण्डारी यसअघि समितिका वैकल्पिक सदस्य थिए । राणाले भण्डारीलाई सूर्यबहादुर थापाको निधनपछि रिक्त रहेको उच्चस्तरीय कार्यसम्पादन समितिको सदस्यमा नियुक्त गरेका हुन् । विज्ञप्तिमा पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्न र जनतामा प्रभावकारी शक्तिको रूपमा कायम गराउन पार्टीको आन्तरिक गतिविधि विधानअनुरूप चल्नुपर्ने उल्लेख गरिएको छ ।

झन्डै डेढ वर्षदेखि रहेको विवाद वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र अध्यक्ष राणाबीच सहमति भएको घोषणा गरिएको महिना बित्न नपाउँदै पुनस् विवाद देखिएको हो । अध्यक्ष राणा र वरिष्ठ चन्द तथा डा। लोहनीबीच भएको वार्तामा पालैपालो अध्यक्ष बन्ने सहमति भएपछि ४ मंसिरमा राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एक भएको घोषणा गरिएको थियो ।नयाँ पत्रिका ।

Comments

comments

सम्बन्धित शिर्षकहरु