एनआरएन अध्यक्ष शेष घले सिन्धुपाल्चोक किन पुगे?

hqdefaultकाठमाडौं, , गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आज भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गरे

भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सहरी विकास विभागका प्रतिनिधिसँग एनआरएन टोलीले सामूहिक छलफल गरेको हो ।

सो अबसरमा सङ्घका अध्यक्ष घलेले दुई वर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता भइसकेको जानकारी दिँदै सिन्धुपाल्चोकमा कहाँ र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीहरुलाई सोधेका थिए ।

सरकारले सिफारिस गरेको ठाउँमा मात्र सङ्घले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति विपन्न र एकै ठाउँमा धेरै घरधुरी भएको गाउँ एनआरएनलाई जिम्मा दिन आग्रह गरेका थिए ।

सो अबसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने सङ्घको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गरे ।

“धेरै सङ्घसंस्था सजिलो र सुगम ठाउँमै काम गर्न खोज्छन, तर गैरआवासीय नेपाली सङ्घले अतिविपन्न परिवार रहेका दुर्गम गाउँमा पुगेर पुनःनिर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भने।

सो अवसरमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले सङ्घले थालेको पुनःनिर्माण अभियानमा आफूले सक्दो सहयोग गर्ने बताए ।

सङ्घले रु ३५ करोडको लागतमा भूकम्पप्रभावित जिल्लामा एक हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोहीबमोजिम सङ्घ र शहरी विकास विभागबीच सम्झौतासमेत भइसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु