घर बनाउने सपनामा अल्झियौं र आफ्नो गाउँ र देश बनाउन भूल्यौँ

 हामी हाम्रो घर बनाउने सपनामा अल्झियौं  र आफ्नो गाउँ र देश बनाउन भूल्यौँ। हामी हाम्रो घर बनाउने सपनामा अल्झियैँ र आफ्नो गाउँ र देश बनाउन भूल्यौँ। हामी प्रवाशमा रहेर जतिसुकै सम्पन्नता र सफलता हासिल गरौँ।तर जबसम्म हाम्रो सम्पन्नताले नेपालीपनको रक्षा गर्न सक्दैन तबसम्म हाम्रो सम्पन्नताको ठूलो अर्थ 11998753_10205559493015554_1795191592_n
प्रवास अष्ट्रेलिया सिड्नीको यो लामो बसाईँबाट म मात्रहोईन म जस्ता धेरै युवाहरुको साझा आवाज र धारणा हो जस्तो लाग्छ। अष्ट्रेलियामा धेरै नेपालीहरु स्थाई रुपमा वसोबास गर्दै आईरहेका छन।आफ्नो परिवारको सुरक्षा,राम्रो पढाई,सिप र राम्रो कमाईको लागि रात दिन कामगरिरहेका हामी नेपालीहरुले के साँच्चै यो प्रवासको पढाई र सिपलाई आफ्नै माटोमा मिसाउन पाए कस्तो हुन्थ्यो होला। अष्ट्रेलियाको विकास,हरेक मानिसमा रहेको अनुशासन,ईमान्दारिता,विनम्रता हामिले सिकेकै हो।हाम्रा स-साना नानी वाबूहरुले सानै बाट व्यबहारिक र सिपमुलक शिक्षा प्राप्त गरेकै हुन।यहाँको जस्तै अनुशासन,ईमान्दारिता र सिपमुलक शिक्षालाई हाम्रो देश नेपालको विकासमा लगानि गर्नेहो भने हामी आफैमा आत्म निर्भर मात्र होईन अरु देशलाई पनि आर्थिक रुपमै सहयोग गर्न सक्छौँ।हाम्रो देशमा रहेको हिमाल हिमाल हेर्न आउने पर्यटक,हिमालबाट बग्ने त्यो चिसो पानीलाई मात्रै सदुपयोग गर्न सकियो भने पनि हामीले ठुलै फड्को मार्न सक्छौँ।
हाम्रो देशको पाठ्यक्रमै हाम्रो देश सुहाउँदो व्यबहारीक शिक्षा जस्तैः हाम्रा धेरै नदिनालाहरुबाट कसरि धेरै भन्दा धेरै विधुत उत्पादन गर्न सकिन्छ भन्ने जस्ता व्यबहारिक शिक्षा सिकाउन सकियो भने सिकाई र शिक्षालाई देशविकासमा सदुपयोग गर्न सकिन्छ। हामी नेपाली अहिले तत्कालको आवश्कता पूर्ति ईन्धन,अौषधि र अत्यवश्यक सामानको लागि तड्पिरहेका छौँ।तर कहिल्यैपनि आत्म निर्भर हुने तर्फ सोँचेनौ।जबसम्म हामी आफैले हामीभित्र रहेको सिपलाई हाम्रो देशको आधारभुत अत्यवश्यकता पूर्तिको निम्ति प्रयोग गर्दैनौ तवसम्म हामी आत्म निर्भरहुन सक्दैनौ। त्यसैले दिर्घकालिन समाधानको निम्ति हामी आफैमा आत्म निर्भरहुनको विकल्प छैन।
–महेश्वर शर्मा

Comments

comments

सम्बन्धित शिर्षकहरु