अष्ट्रेलियामा दीप श्रेष्ठको पत्थरको देउता

अस्ट्रेलिया, नेपालमा वैशाख महिनामा गएको भूकम्पबाट जोखिममा परेकाहरुको सहयोगका लागि शनिबार साउथ अष्ट्रेलियाको एडिलेडमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

पुण्य फाउन्डेशनले आयोजना गरेको ‘सांगीतिक साँझ २०१५’मा गायक दीप श्रेष्ठ, गायक तथा गीतारिष्ट अनिल शाहीसँगै स्थानिय गायिका प्रजिता गेलाल, सदा श्रेष्ठ, गायक टेकेन दाहालले आफ्नो प्रस्तुती दिएका थिए । स्वर सम्राट नारायण गोपालको २५ औं स्मृती दिवसको अवसर पारेर यो कार्यक्रमको आयोजना गरिएको हो ।

deep-shrestha-in-austreliyaएडिलेडको डोम पल्सकी सेन्टरमा अनिल शाही गीतार बजाउँदै स्टेजमा प्रवेश गरेका थिए । अनिलको प्रस्तुतीपछि गायक दीप श्रेष्ठ हात हल्लाउँदै स्टेजमा देखिए । ‘म पत्थरको देउता’ बोलको गीतबाट उनले प्रस्तुती सुरु गरेका थिए । यसपछि उनले ‘म त दुरदेखि, हर रात’ लगायतका दर्जन गीत गाएका थिए ।

कार्यक्रमबाट प्राप्त हुने मुनाफा पुण्य फाउन्डेशन नेपालले भूकम्पले प्रभावित बालबालिकाको शिक्षका लागि खर्च गर्नेछ । करिब ४ घन्टा चलेको कार्यक्रम सफल भएकोमा संगीतकर्मी खुशी  देखिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु