तीनदल बिच यस्तो सहमति

narayankajiकाठमाडौँ,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्न प्रमुख तीन राजनीतिक दल एकमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सत्तारूढ दल नेकपा एमाले सहित एकीकृत नेकपा ९माओवादी० र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठकले अहिलेको असहज परिस्थितिमा ठोस धारणा बनाएर छिटोभन्दा छिटो सहमति खोज्ने निर्णय गरेको हो ।

समस्या समाधानका लागि तीन दल एकमत भए पनि साझा धारणा कस्तो बन्यो र आन्दोलनरत पक्षसँग कहिले वार्ता हुने हो भन्ने कुरा बाहिर ल्याइएको छैन । यद्यपि नेताहरुले आजै वा छिटोभन्दा छिटो मधेसी मोर्चासँग वार्तामा बस्ने बताएका छन् ।

बैठकले अहिलेको अफ्ठ्यारो अवस्थालाई चिर्न छिटोभन्दा छिटो समाधान खोज्ने सहमतिका साथ एकताबद्ध भएर अगाडि जाने निष्कर्ष निकालेको उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले भने, “हाम्रा बीचमा अहिलेको समग्र अवस्थाबारे गम्भीर रुपमा छलफल र समीक्षा भयो । समस्या समाधानका लागि अहिले उठिरहेका जे जति विषय छन् ती विषयलाई टुङ्गो पु¥याउन पुनः आन्दोलनरत पक्षसँग वार्ता गरी त्यसबाट निस्कने निष्कर्षलाई कार्यान्वयन गर्ने सहमति भएको छ ।”

काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन दलबीच मुलुकको समग्र परिस्थितिबारे छलफल भएको र अहिलेको समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्ष निकाले बताए।

उनले भने – “आजको छलफल सदाको भन्दा एक दुई कदम अगाडि छ, सकारात्मक छ, मधेसी मोर्चाका साथीहरुसँग बसेर छलफल गरेपछि मात्रै हाम्रो संयुक्त धारणा बन्छ । त्यसकारण उहाँहरुलाई छिट्टै छलफलमा बोलाउँछौँ र आजको छलफलबाट जे जति हामीले बुझ्यौँ सरकारबाट जति सूचना हामीले पाएका छौँ त्यसले संवादबाट निष्कर्ष निकाल्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।”

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसमा चलिरहेको आन्दोलन र नाकाबन्दीका सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्दर्भमा केही ठोस धारणा तय गरेको जानकारी दिए। उनले भने – “बैठकले अहिलेको समस्या समाधानका लागि केही ठोस धारणा तय गरेको छ । त्यस आधारमा आज वा सकेसम्म छिटो आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने निर्णय गरेको छ । देशको असहज परिस्थितिलाई कुनै पनि ढङ्गले ढिलो नगरीकन समाधान गर्न सबैलाई अपिल गरेको छ ।”

Comments

comments

सम्बन्धित शिर्षकहरु