एनआरएनले भारतीय दूतावास घेर्ने

  • nrn-australiaअष्ट्रेलिया, एनआरएनए अष्ट्रेलियाले नेपालको नाकाबन्दीको विषयमा भारतीइ दूतावास घेर्न भएको छ ।

एनआरएनए अष्ट्रेलियाको को बुधबार बसेको अनौपचारिक बैठकले आगामी डिसेम्बर ३ तारिखका दिन विरोध प्रदर्शनसहित क्यानबेरास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । ३ तारिख अघि विभिन्न राज्यहरुमा रहेका एनआरएन राज्यसमितिहरुले संकलन गरेको हस्ताक्षरलाई केन्द्रमा ल्याउने र एकीकृत रुपमा भारतीय दूतावासमा बुझाउने तयारी पनि एनआरएन अष्ट्रेलियाको रहेको अध्यक्ष सुरेन्द्र सिग्देलले असनेपालन्यूजलाई जानकारी दिए ।

गत शुक्रबार विभिन्न ५ राज्यमा एकै समयमा मौन जुलुस प्रदर्शन गरेको नेपाली समूदायले अर्को बिहीबार भने क्यानबेरामा प्लेकार्डसहित धर्ना दिने कार्यक्रम बनाएका छन् ।

विहान ९ बजे धर्ना दिने, अष्ट्रेलियन सांसदहरुको ध्यानाकर्षण गराउने र त्यहीँबाट जुलुससहित भएर भारतीय दूतावासमा पुग्ने र ज्ञापन पत्र, नेपालमा गरिएको नाकाबन्दी विरुद्ध संकलित हस्ताक्षर बुझाउने योजना छ । नेपालको अहिलेको अवस्थाका विषयमा अष्ट्रेलियाका राजनीतिक दल र अन्तर्राष्ट्रिय संस्थाहरुलाई समेत ध्यानकर्षण पत्र बुझाउने योजना पनि एनआरएन अष्ट्रेलियाले बनाएको छ । नेपाली दूतावासमार्फत नेपाल सरकारलाई समेत छिटोभन्दा छिटो आवश्यक कदम चालेर नाकाबन्दीको अन्त्य र मधेशमा भइरहेको आन्दोलनको समापनतर्फ कदम अघि बढाउन पनि आग्रह गरिने तयारी  छ ।

यस कार्यक्रममा भाग लिनका लागि अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपाली समूदायलाई आह्वान गरिएको छ । यसैबीच, मेलबर्न, ब्रिसबेन, सिड्नी लगायतका राज्यहरुबाट ठूलो संख्यामा उक्त दिनक्यानबेरामा नेपालीको उपस्थित गर्नका लागि तयारी आरम्भ गरिएको छ ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु