आजको मन्त्रिपरिषद् बैठकको निर्णय यस्तो छ

kp-oli-cabinetकाठमाडौं,  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले गरेको नाकाबन्दी र बन्द हड्तालका कारण भएको आर्थिक संकटलाई सम्बोधन गर्दै आगामी आर्थिक कार्यदिशाबारे श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले श्वेतपत्र पारित पनि गरेको छ ।

यसैगरी बैठकले भूकम्प प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले जाडो धान्ने कपडा किन्न रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ।

त्यस्तै, संविधान बारे आम नागरिकलाई सचेत बनाउन ‘जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान मंसिर २१ गतेबाट पौष २१ गतेसम्म सञ्चालन गर्ने, जेष्ठ नागरिक भत्ता वितरण कार्य छिटो र सरल तरिका अघि बढाउने जस्तो निर्णय पनि गरेको छ।

बैठकले नेपाल प्रहरीका केही अधिकारीहरुको सरुवा पनि गरेको जानकारी दिइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु