‘मागेर खाने हामी के को स्वाभिमानी’

काठमाडौं, देशभरि भारतीय नाकाबन्दीको विरोध भैरहेको बेला लोक गायक पशुपति शर्माको बहुचर्चित भिडियो बजारमा आएको छ  । भारतीय नाकाबन्दी विरुद्द नेपालीहरु स्वाभिमानको लडाई लडिरहेका छन् भनीए पनि गायकले “हामी नेपाली‘ होईनौ स्वाभिमानी‘ ” भन्ने गित बजारमा ल्याएका छन् । नेपालको परनिर्भरतामाथि तिखो व्यंग्य गर्दै गित मार्फत उनी भन्छन्

आफ्ना गामका खेतीबारी सबै बाँझो राख्ने,
आलु प्याजा चाहिए पनि भारतको मुख ताक्ने
मागेर खाने‘ हामी मागेर खाने
मागेर खाने पनि केको स्वाभिमानी
हामी नेपाली होइनौं स्वाभिमानी।
नेपाली मौलिक लयमा नेपालको परनिर्भर अर्थतन्त्र माथि गित मार्फत प्रश्न उठाएका छन्। नेपाल सरकार विदेशीको आड भरोसामा चल्ने भन्दै उनि गित मार्फत यसो भन्छन्:

आफ्नै दाइलाई आफ्नै भाइलाई मार्न अघि सर्ने
छिमेकीसँग नुनखाएको कुखुरो झै गर्ने के को स्वाभिमानी?
हामी नेपाली होइनौं स्वाभिमानी
हाम्रो देशको सरकार मात्रै अर्को देशमा चाबी
भारतले नाका थुन्दा चाइनातिर जाने
आफ्नो देशमा केही नखोज्ने के को स्वाभिमानी
हामी नेपाली होइनौं स्वाभिमानी
पशुपति शर्माको सो गीतमा राजन कार्की र घनश्याम रिजालले सहयोग गरेका छन् भने गित आचार्य डिजिटल स्टुडियो पोखरामा रेकर्ड गरिएको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु