हिंसात्मक बन्दै मधेस आन्दोलन

dw];Lbnsf sfo{stf{åf/f cf}iflw af]s]sf] 6«sdf cfuhgL jL/uGhsf] cf]d cf>dl:yt g]zgn 6«]l8Ë lnld6]8 sfof{no cfufl8 cfGbf]ng/t dw]; s]Gb|Lt bnsf sfo{stf{n] u/]sf] cfuhgLaf6 Ifltu|:t ePsf] cf}iflw af]s]sf] Pp6f 6«s . cfuhgLaf6 sl/a ?= @) nfv d"No a/fa/sf] cf}iflw hn]/ gi6 ePsf] 5 . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;

मंसिर ५ । काठमाडौं, मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार उपचारका लागि अस्पताल ल्याउँदै गरेकी डेढ वर्षीया बालिकालाई भित्रै राखेर एम्बुलेन्स तोडफोड गरेका छन् । मोरङको कटहरीमा मोर्चा कार्यकर्ताले सिकिस्त बिरामी भएर रंगेलीबाट उपचारका लागि विराटनगर ल्याउँदै गरेकी मान्सी उपाध्याय सवार को।१च ७३७९ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । मोर्चा कार्यकर्ताले मान्सीसँगै उनकी आमा हीरा उपाध्यायमाथि पनि आक्रमण गरेका थिए । बन्दका क्रममा सवारीसाधन चलाएको भन्दै मोर्चाका कार्यकर्ताले एम्बुलेन्ससमेत तोडफोड गरेका हुन् ।

औषधि बोकेको गाडी आगजनी
मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधि बोकेको गाडीमा पेट्रोल बम प्रहार गरेर आगो लगाएका छन् । आगजनीबाट ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँबराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको छ । राति करिब १ बजे मोर्चाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्लाइन पानीमार्फत दिइने एन्टिबायोटिक औषधि जनकपुरस्थित नवीनम मेडिकल हलका लागि लैजान ठिक्क पारिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए, नयाँ पत्रिका दैनिक लेख्छ।

माधव नेपालको घर तोडफोड
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौर नगरपालिका–३ स्थित घरमा शुक्रबार दिउँसो मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । मोर्चाको जुलुसले नेता नेपालको घरमा इँटा र ढुंगामुढा गरेको हो । ढुंगामुढाबाट घरको सिसा फुटेको छ भने गेट तोडफोड गरिएको छ ।

विवेक नगुमाउन मोर्चालाई एमालेको आग्रह
एमालेले मधेसी मोर्चालाई संयम र विवेक नगुमाउन आग्रह गरेको छ । पार्टी नेता माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा शुक्रबार मोर्चाका कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति आपत्ति जनाउँदै एमालेले त्यस्तो आग्रह गरेको हो । एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै आन्दोलनले आफ्नो संयम र विवेक गुमाउनुहुँदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु