“भारतले नेपाल विरुद्ध अघोषित युद्ध गरेको हो” :डा. केसी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतले नाकाबन्दी गरेको झण्डै दुई महिना भइसक्यो तर पनि यसको समाधानको पहल सफल भएको छैन । यसको लागि नेतृत्वकर्ताहरुले सक्रीय भूमिका ननिभाएको कारण पनि समस्या लम्बिदै गएको हो भन्ने राजनीतिक विश्लेषकहरुले ठोकुवा गरेका छन् ।भारतले नाकाबन्दी लम्ब्याइ रहदा देशले भोग्नुपरेको कष्ट र यसको समाधानको लागि राज्य किन लरखराइरहेको छ भन्ने सन्दर्भमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले असनेपाल न्युजसँग गर्नु भएको कुराकानि ।

भारतको अघोषित नाकाबन्दी डेढ महिना भन्दा बढी भइसक्यो । यस अवधीमा हामीबाट कत्तिकोे राजनीतिक र कुटनीतिक पहल भएजस्तो लाग्छ तपाईलाई ?
अहिलेको हाम्रो देशको संस्थापन पक्ष राजनीतिक र कुटनीतिक दुवै रुपमा कमजोर छ ।त्यसकारण कुनै पनि पहल सक्षम तरिकाले भएको छैन । जुन खालको परराष्ट्र र कुटनीतिक तौर तरिका अबलम्बन गरिनुपर्ने हो त्यसैगरी भएको छैन । विगतमा जस्तो राज्यले राष्ट्रिय प्रतिवद्धताको कुटनीतिक नैतिकता, राष्ट्रिय जवाफदेहीता र संवेदनशीलता तर्फ ध्यान दिएको देखिदैन त्यसको समष्टिगत परिणामचाहि अहिले देशले भोग्दैछ ।

नेपालले जेनेभा सम्मेलनमा भारतको नाम नलिइकनै र नाकाबन्दी शब्द प्रयोग नगरिकन मुद्दाहरु उठायो त्यसैगरी राष्ट्रसंघले पनि अहिले भारतको नाम गम्भिर रुपमा उठाएको छैन । यस्ता गतिविधिले हाम्रा मुद्धाहरु कसरी उठान हुन सक्छन् ?
यसले खाली हाम्रो सरकारको कमजोर मानसिकता र उनीहरुको हैसियत हिनतालाई मात्र इङ्गित गर्छ । यो दुनियालाई थाहा भइसकेको कुरा हो । तर जेनेभा सम्मेलनमा खासै हाम्रो मुद्धा राख्ने त्यति ठूलो ठाँउ पनि होइन त्याँहा हाम्रा मुद्धाहरुको उठान गर्दा वा नगर्दा फरक पर्दैन । त्यो सम्मेलनमा नीजि तवरबाट म पनि सामेल थिए ।त्यो सम्मेलन भनेको त्यस्ता कुरा राख्ने त्यति ठूलो ठाँउ पनि होइन । महत्वपूर्ण कुरा चाहि के हो भने हाम्रो मुलुकको एउटा कुटनीतिक सामथ्र्य कति छ र हाम्रो कुटनीतिलाई भरथेग गर्ने अन्य पूर्वाधारहरु कति छन् । सबै कुरा त्यसले मात्र भर पर्छ यी सबै ओपचारिकता मात्र हुन् । तात्विक कुरा होइनन् ।

हाम्रा राजनीतिक र कुटनीतिक पहलहरु सफल हुन नसक्नुमा तपाइको विश्लेषण के छ ?
हामीकहा तीन कक्षा पढेकालाई परराष्ट्रमन्त्री बनाइन्छ । राजदुत नियुक्ति गर्दाखेरी पनि करोडौ रुपिया तिरेर उनीहरुलाई राजदुत पदमा राखिदिने पनि प्रचलन छ । चुनाव हारेका व्यक्तिहरुलाई राजदुत बनाएर पठाइन्छ जसलाई आफ्नै देशका जनताले नै विश्वास गरेनन् भने त्यस व्यक्तिले देशको अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेर कुटनीतिक काम गर्छ भन्नु बेकार हो ।अर्को चाहि कुटनीतिक नियुक्ति गर्ने काममा अति ढिला भएका छन् । जस्तै भारतमा हाम्रो देशको तर्फबाट पाँच बर्ष सम्म कुटनीतिक राजनीतिक नियुक्त भएन । ब्रिटेनमा अहिले सम्म पनि नियुक्ति भएको छैन । आठवटा देशहरुमा अहिले पनि हाम्रा राजदुतको नियुक्ति भएको छैन । अब यस्तो मुलुकले कसरी एउटा कुटनीतिक पहल गर्न सक्छ । पात्र मात्र भएर भएन पात्रता पनि चाहिन्छ । नाताबाद कृपावाद भन्दा पर यो देशमा केही हुँदैन । यस्तो भएपछि राष्ट्रको क्षमता कम हुन्छ । राष्ट्रको विश्वसनीयता र हैसियत स्खलित हुन्छ । त्यसको परिणाम देशले भोग्दैछ ।

पछिल्लो दिनमा राष्ट्रसंघबाट भारतले गरेको नाकाबन्दी विरुद्धका कुराहरु आएको छ । यसले भारतलाई कत्तिको दवाव सिर्जना गर्न सक्छ ?

दवाव त भयंकर रुपमा सिर्जना गर्नु पर्ने हो तर संयुक्त राष्ट्रसंघ(यु एन)लाई समेत शान्ति राष्ट्रहरुले दुरुपयोग गरेका छन् । सिरियाको युद्ध रोकिएको छैन । इराकको प्रवाह बढ्दो छ । आँखाको अगाडि लिविया र अफगानिस्थान सिद्धियो । याहा कसैले केही गर्न सकेन । अहिले १९५०देखि ६० सम्मको दशकको जस्तो अन्तराष्ट्रिय परिवेश छैन । अहिले एकल धु्रबीय प्रभुत्व चलिराखेको छ । विश्वमा क्षेत्रीय रुपमा क्षेत्रीय प्रभुहरुले पनि प्रभुत्वको मानसिकताले काम गरेका छन् । त्यसैको घानमा अहिले हाम्रो देश परिराखेको छ । किनभने तैले अन्तराष्टिय क्षेत्रमा जे पनि गर्दा हुन्छ भने क्षेत्रीय स्तरमा म पनि गर्छु भन्ने खालको प्रतिश्पर्धाको मानसिकता क्षेत्रीय प्रभुहरुको दिमागमा आएको देखिन्छ । बिचरा यो देशका कुटनैयिकहरु देशका नेताहरु तल्लो स्टान्डर्डमा भएको हुनाले यी सब कुरा उनीहरुले बुझ्ने र राष्ट्रिय बहसमा ल्याउने काम गर्न असक्षम छन् । वास्तवमा यो कुरालाई हाम्रो हैसियतबाट प्रतिउत्तर गर्न पनि सकिदैन ।

केहि समय अगाडि नाकाबन्दी खुकुलो हुने संकेत पाएको भनेर प्रधानमन्त्रीले जानकारी दिनुभयो । त्यसपछि फेरी भारतीय राजदुतबाट यस्तो हुने संभावना नरहेको भनेर प्रतिक्रिया आयो । यसले के संकेत देखाइरहेको छ त ?

यसो हुनुमा त मुख्य कुरा संवादकै समस्या हो । किनभने अघिल्लो दिन प्रधानमन्त्रीले यस्तो कुरा भन्नु र आफ्ना सचिबहरुलाई बोलाएर ब्रिफिङ गरेर संकेत आएको छ भन्नु भयो । त्यसको ठ्याक्कै भोलीपल्ट प्रधानमन्त्रीले ती सबै कुरा केही पनि होइनन् भन्नु भयो । प्रधानमन्त्रीले पनि भारतीय राजदुतसँग भेटिसकेपछि त्यो कुरा भन्नु भएको छ । त्यसको भोलीपल्ट एउटा पत्रकार सम्मेलनमा विदेशमन्त्रीले खुलमखुल्ला यो समस्या समाधान हुँदैन भन्ने कुरा गरेको कारण नेपाललाई उनीहरुले एउटा कुटनीतिक भन्दा पनि राजनीतिक तरिकाले हेरिराखेका छन् । भारतको हेपाइको ठूलो सृंखला नै छ याँहा । किनभने पात्रमा हुनुपर्ने सामथ्र्य नै छैन याँहा । प्रधानमन्त्री हुनुपर्ने व्यक्ति प्रधानमन्त्री भइराखेको छैन, अर्थमन्त्री हुनुपर्ने व्यक्ति अर्थमन्त्री भइराखेको छैन, त्यस्तै राष्ट्रपति हुनुपर्ने व्यक्ति राष्ट्रपति भइराखेको छैन । यस्तो प्रवृत्तिले गर्दा हामीलाई भारतले हेपेको हो । संवादमा रहेको त्रुटीले संवाद चुके जस्तो लाग्छ ।

नाकाबन्दी भएको करिब दुई महिना हुन लागिसक्यो । त्यस बीचमा पहल भएको भन्ने कुरा गफै मात्र रहेछ काम चाहि नभएको हो त ?
एक जना संस्थापन सत्ताधारी दलका महत्वपूर्ण नेताले यस्तो भनेको मैले सुने कि नेपालका कर्मचारीहरु राष्ट्रघाति हुन् । यी राष्ट्रघातिले गर्दा चीन तर्फको सिमा व्यवस्थित हुन सकेन । सत्ताधारी दलका एउटा नेताले यसो भन्नु भनेको नेताहरुको कमाण्डमा कर्मचारी पनि नभएको स्पष्ट हुन्छ । यीनिहरुको कमाण्डमा मुलुक नै छैन भन्ने स्पष्ट देखिन्छ । यसले अन्तराष्ट्रिय क्षेत्रमा पनि कुटनिितक ग्याब भएको छ । न्युयोर्कमा याँहाबाट गएको लाउके यु एनको जागिर खोजेर हिड्छ । त्यो व्यक्ति त्याँहा नेपालको राष्ट्रिय झण्डा हल्लाएर अर्को युएन को जागिर खान थाल्छ । यो खालको दुष्चरित्र व्याप्त्त देखिन्छ । कत्ति कठोर कुरा छ भने म जस्तो व्यक्तिले राष्ट्रमाथि संकट भइरहदो यसरी बोल्नु परिराखेको छ । तर सरकारलाइर्, राज्यलाई, हाम्रो राजनीतिज्ञलाई यो सबसँग मतलब छैन । नाकाबन्दीको सबभन्दा ठूलो असर त सुत्केरीलाइ,बिरामीलाई,गरिबलाई,असक्तलाई परेको छ । टाठाबाठा र ठूलाबढालाई त यसले छोएकै छैन । यस्तो संकटको समयमा चाडबाड लगायत मनोरंजनात्कम कार्यक्रमहरु नगरेर बरु आत्मबोध र आत्माआलोचना गर्ने समय हो ।

यस अघिको नाकाबन्दीको समयमा भन्दा अहिले जनताहरुले बढी दुख र कष्ट भोगिरहेका छन् ।समस्या समाधान पहल गर्नको लागि यतिबेला नेतृत्वदायी भूमिका पनि कमजोर भएको हो ?
राज्यको सामथ्र्य, विश्वसनीयता र हैसियत गुज्रिदै गएको छ । राज्य भित्रका व्यक्तिहरु बलिया छन् तर राज्यलाई कमजोर बनाइयो । चारवटा फुली लगाएको एसएसपिलाई कैलालीमा खुलेआम मार्दा त्यो एउटा बिरालो मारे जत्तिको पनि भएन । तर ठूला ठूला डनहरु माथि हमला हुँदा हाउसमा मान्छे क्याप्चर गर्ने कुरा नेताहरुले खुलमखुल्ला गरे । आयल निगमको महानिर्देशकले खुलमखुल्ला जे मन लाग्यो त्यहि गर्छ ।उसलाई कानुनसँग केही मतलब छैन । त्यसकारण पहिला भन्दा जटिल भन्दा पनि राज्यको विश्वसनीयता र छलफल गर्ने तरिका छैन । राज्यले गर्ने अनुगमन र हस्तक्षेप कार्य सिथिल भएको जस्तो मलाई लाग्छ ।जसरी राज्यको सामथ्र्य स्खलित भएर गएको छ । भारतका नेताहरुले नै भनेका छन नेपालका नेताहरु जनही याँहा आउछन् र व्यक्तिगत कुराहरु गर्छन् भनेर । तिनीहरुले देशका कुराहरु गर्दैनन् । उनीहरुले राष्ट्रिय आवश्यक्ताको बारेमा कुरा गर्दैनन् । एकजना पूर्वप्रधानमन्त्रीले मेरो छोरीलाई अल इण्डिया मेडिसिनको कोटा दिनुपर्यो, डाक्टरको एमबिबिएसको कोटा दिनु पर्यो भनेर भारतलाई भनेको कुरा बाहिर आएको छ । नीजिक्षेत्र पनि अरुबाट नै प्रभावित छ र हाम्रो समग्र विश्वसनीयता कमजोर भएको फल चाहि देशले नै भोग्दैछ ।

भारतीय संसदमा केहि प्रभावकारी संसदहरुले नेपाल मामिलाबारे अर्को मुद्दा उठाएपछि त्याँहाको संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले नेपाल संकटबारे छलफल चलाउदैछ भन्ने कुरा सार्वजनिक भएको छ । त्याँहा हुँने छलफलमा हाम्रो अहिलेको नाकाबन्दी जस्ता मुद्धाले सकारात्मक बाटोतिर अघि बढ्न पाउला ?
त्यसको लागि नेपालले के गर्नु पर्छ भने कुटनीतिक क्षेत्रका हाम्रा अनुभवहरु हुन र जो प्रशासक जो चिन्तन मनन गरेर बसेका छन् कुटनीतिको क्षेत्रमा खास गरी जस्तो भारतीय वृत्तमा चाहि त्यसको पहुँच रहेको छ । अरु प्रोफेसनालिजम यी यावत कुराहरु हुन्छन् नी त । ती सुत्रहरुलाई चाहि प्रयोग गरेर साच्चिनै यसले गर्दा नेपाल भारत सम्बन्ध बिग्रिएको मात्र होइन कि भारत विरोधी भावना झन बढेर गयो । यो भारतको लागि पनि उचित छैन । मानवीय दृष्टिकोणले ठिक छैन । यावत कुराले ठिक छ भन्ने जुन कुरा यो गर्ने सुत्रहरुचाहि हामीले याँहा प्रयोग गर्न सक्नुपर्छ तीनलाई हामीले आइडन्टिफाई गर्न सक्नुपर्छ ।

भारतकै नाकाबन्दीको कारण हामीले ग्याँस नपाएर चुलो बलाउन सकिराखेका छैनौ तर यतिखेर बिडम्बना कस्तो भएको छ भने भारतबाट आउने नेपालीहरुले नै लुकिछिपि ल्याएको केही इन्धनमा नै परनिर्भर हुनु परेको छ ।यसमा राजनेताहरुले यो दुरदर्शिता राख्न नसकिरहेको स्पष्ट हुन्छ । के यो देशमा राजनेताको खाँचो भएको हो त ?
राजनीतिक भनेको सत्ताको खेल मात्रै हो भनेर बुझियो । गएको २५ बर्षमा नेपालमा तीन हजार उद्योगहरु बन्द भए । पछिल्लो निर्वाचन आयोगको तथ्यांक हेर्दाखेरी नेपालमा १७८ वटा राजनीतिक दलहरु दर्ता छन् । राजनीतिलाई एउटा उद्योग बनाइयो । राजनीति भनेको मुनाफा कमाउने र आफ्ना नातागोता र मन परेको मान्छेलाई राज्यका विभिन्न अंगमा प्रतिनिधि बनाइदिने माध्यमको रुपमा चाहि राजनीतिलाई प्रयोग गरियो । यही अवधीमा ९३ प्रतिशत कल कारखानाहरु बन्द भए । कमिसनको लागि स्वदेशी बैंकको पैशा विदेशी समूहलाई पोस्नाले हाम्रो आजको दिन आयो । यसले गर्दा हाम्रो आर्थिक राजनीतिक कुटनीतिक हैसियत गुमिरहेको छ । किनभने २१ शताब्दीको कुटनीति अर्थनीतिद्वारा समर्पित र सम्बन्धित छ भने मात्रै असल हुन्छ र कुटनीतिले काम गर्छ । अहिले हाम्रो राष्ट्रिय क्षमतालाई भरथेग गर्ने कुनै पूर्वाधार वा शुत्रहरु छैनन् । त्यो कुरालाई हामीले कति चाडो ह्रिदयगंम गर्न सक्छौ । त्यति नै चाडो यो कठिनाइलाई सामना गर्न सक्छौ । भन्ने तर्फ हामी प्रवृत्त हुन सक्ने हुन्छौ ।

अन्तमा अहिले सम्मका नेपालले गरेको कुटनीतिक पहल कदमीहरु र राष्ट्रसंघको आह्वान भन्दा पनि भारतले केहि सदासयता देखाइदियो भने मात्रै हामीलाई भइरहेको इन्धनको समस्या समाधान हुने भयो होइन ?
त्यसमा त कुनै दुईमत नै छैन । तर एकातिर भारतलाई गलायौ भन्ने नेपालका नेतृत्वहरुको अहंकार र अर्को तर्फ नेपाललाई टाङमुनि छिरायौ भन्ने भारतको पुष्टि । यो दुईको द्वन्द व्यवस्थापनमा मिलन बिन्दु भन्ने र दावी परित्याग भन्ने हुन्छ । आर्थिक नाकाबन्दी भनेको पनि एक प्रकारको दृष्टिकोणले पनि द्वन्द्व नै हो ।“यो भारतले नेपालको विरुद्ध गरेको अघोषित नाकाबन्दी होइन अघोषित युद्ध हो” नेपाल सरकारले चाडो भन्दा चाडो यो युद्ध विरामको लागि भारत सरकारसँग चाहि पहल कदमी गर्नु पर्छ । शत्रुहरुलाई प्रयोग गर्नु पर्छ । कोरा राष्ट्रवाद र अहंकार गरेरमात्र सफल होइदैन । अहिले राष्ट्र संकटमा परेका बेला ६,७ जना उपप्रधानमन्त्रीहरु राख्छन् । यिनीहरु सत्ताको खेलमा अहिले पनि लिप्त्त छन् । राष्ट्र जुन समस्यामा फसेको छ त्याँहा हामीले आफूलाई उभ्याउनु अहिलेको ठूलो एउटा दाइत्व हुन्छ । जति चाडो नेतृत्वले यो कुरा बुझ्छ र द्वन्द व्यवस्थापनको यो विधि अबलम्बन गर्छ त्यति नै चाडो हामीले यो समस्याबाट पार पाउछौ । यतिबेला मुलुक त करिब आर्थिक दृष्टिकोणले समाप्त्तिको संघारमा पुगिराखेको म देख्छु । ढिलो भइसक्यो चाडो गर्नु पर्यो । म त नेताहरुलाई यहि भन्छु आत्म विवेचना र आत्म समिक्षा गर राष्ट्र युद्धमा छ भन्छु । बिजुलीलाई सबै मिलेर सन्तुलित तरिकाले प्रयोग गर्न,अनावश्यक बिजुलीको उपयोग नगर्न मैले पनि धेरै पटक सर्वसाधारणलाई अनुरोध गर्दै आएको छु । तर नागरिकले पनि यस्ता कुरामा संवेदनशील भएको देखिदैन । जहा सम्म याहाको नागरिकले एक भएर जीवन जीउने विकल्पलाई बुझ्दैनन तबसम्म कष्ट झन बढ्दै जान्छ ।

191 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु