बाबुरामले प्रचण्डलाई निवासमै पुगेर भेटे

कात्तिक  २८। काठमाडौं, केही समयअघि पार्टी परित्याग गरेका एमाओवादीका पूर्व नेता बाबुराम भट्टराई  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भेट्न उनकै निवास पुगेका छन् ।

मधेस आन्दोलन  र भारतीय नाकाबन्दीको विषयमा सरकारको ध्यान आकृष्ट गर्नेभन्दै भट्टराईको नेतृत्वमा नागरिक समाजका अगुवासहितको टोली शनिबार बिहान प्रचण्ड भेट्न लाजिम्पाट पुगेको हो ।

प्रचण्ड भेट्न भट्टराई, कृष्ण हाछेथु, सिके लाल, देवेन्द्रराज पाण्डे र पिताम्बर शर्माको टोलीसहित भट्टराई लाजिम्पाट पुगेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु