म्याच फिक्सिङ प्रकरणमा समूहलाई नै कार्बाही नभए फुटबलको बिकास हुँदैन :प्रशिक्षक केसी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समयमा नेपाली फुटबलमा भएको खेल मिलेमतो(म्याच फिक्सिङ)प्रकरणबारे पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं हालका फुटबल प्रशिक्षक मेघराज केसीले असनेपाल न्यूजसँग गर्नु भएको कुराकानि ।

नेपाली फुटबलको वर्तमान अवस्थालाई तपाइले कसरी हेरिरहनु भएको छ ?
लामो समयदेखि फुटबलमा लागिरहेको मेरो अनुभवलाई हेर्दा झण्डै १५,१६ बर्षदेखि एउटा मैदानमा खेलिने फुटबल खेलभित्र राजनीति धेरै भएको देखिन्छ । त्यसकारण जहिले पनि विवाद र झगडा मच्चिएर फुटबललाई झन तल्लो स्तरमा धकेलिएको छ । यसले गर्दा हाम्रो फुटबल आज भन्दा २० बर्ष अघि जँहा थियो त्यहि अवस्थामा नै भइरहेको म देख्दछु । यसको लागि मानिसहरुले जति मिहनेत गरेका छन् त्यो सबै खेर गइरहेकोे छ ।

तपाई जस्तो बर्षौ फुटबल खेलेर आफ्नो जीवन समर्पित गर्नु भएको व्यक्तिलाई पछिल्लो समय वा दशै अगाडि नेपाली फुटबलहरु म्याच फिक्सिङ मा मुछिए भन्ने एउटा खबरले तपाइलाई कस्तो बनाएको छ ?
जुन खबर हामीले सुन्यौ । यसले हामीलाई धेरै छक्क बनायो । नेपाली फुटबलमा शायद हामीहरुले त्यो तहको राष्ट्रघाति काम हुन्छ भनेर सोचकै रहेनछौ । घरेलु फुटबलहरुमा चाहि यस्ता सानातिना घटनाहरु कहिलेकाहि भएका थिए ।तर यस्ता प्रकारका घटना हुन्छन् भनेर त हामीेले शंका पनि गरेका थिएनौ । त्यो पनि एकै पटक राष्ट्रिय टिमबाट यसो भयो भनेर सुन्दा त हामी मर्माहित भयौ । कल्पना भन्दा बाहिरको खबर आउदा पक्कै पनि जो सुकै व्यक्ति छक्क पर्ने अवस्था थियो । त्यसले गर्दा अहिले सम्म पनि यत्रो दशक बिताएर फुटबल क्षेत्रमा योगदान गरिरहेका हामीहरु कोही पनि सन्तुष्ट छैनौ ।
फुटबलरहरु म्याच फिक्सिङ प्रकरणमा तानिए लगत्तै नेपाली फुटबलमा सबैको प्रश्न खडा भएको छ । यस्तो किसिमको खेलकुदसँग सम्बन्धित अपराधको विरुद्धमा अखिल नेपाल फुटबल संघ कत्तिको सक्षम छ जस्तो लाग्छ तपाइलाई ?
यसको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पक्कै पनि सक्षम त छ तर सक्षम भएर केहि नगरी चुप लागेर बसेर हुनेवाला केहि छैन । उहाँहरुले कोशिष गर्नु भयो भने नेपाली फुटबलमा देखिएका अपराधहरुलाई पक्कै नै न्युनिकरण गर्न सक्नुहुन्छ । तर नेपालमा अहिले सम्म यो बिषयमा मात्र होइन फुटबलमा हुने धेरै क्रियाकलापमा आँखा चिम्लिने प्रचलन रहदै आएको छ । यो घटनाको कारण म के देख्छु भने फुटबल विवादले नै हो जस्तो लाग्छ । फुटबलमा भएको नियम अनुसार उनीहरुलाई खेलाउनु पर्यो । नियममा चल्नु पर्ने ठाँउमा याँहा धेरै पटक नियमहरु मिचाई भइरहेको छ कारण के हो भने जहिले पनि नेपालमा फुटबल दुई तीन भागमा विभाजन भइरहेको छ । फुटबल भित्रका जिम्मेवार मान्छेहरुले यसो गरे भने मलाई घाटा हुन्छ कि बरु फुटबललाई नै बिगार्ने खालको कामहरु पनि भएको देखिन्छ । बरु फुटबल राम्रो भए होस नभए नहोस आफू राम्रो हुनुपर्छ भन्ने भावनाले फुटबलको विकासमा बाधा पुगेको छ । फुटबलभित्र राखिएको नीति नियम अनुसार फुटबल चलाउनु पर्छ र यो नियम चलाउन एन्फा सक्षम छ । तर उसले चाहेको छैन जस्तो देखिन्छ ।

एन्फा सक्षम हुँदाहुँदै पनि फुटबललाई सहि ढंगले चलाउन नसक्नु र यसको विकास गर्नु भन्दा व्यक्तिगत श्वार्थ बढेको कारण के होला ?
यो प्रष्टै छकी फुटबलमा निकै लामो समयदेखि विवाद नभएको भन्ने कुनै समय नै छैन । आन्तरिक विवाद हुनु स्वभाविक हो जँहा पनि हुन्छ । तर नेपालमा चाहि फुटबल विवादको अन्त्य कहिल्यै पनि भएन । एउटा समूह एन्फामा बसेर काम कुरा गर्छ भने अर्को समूह बाहिर बसेर विभिन्न प्रकारले झगडा गरिराखेको छ । याँहा आफूले भने जस्तो भएन भने केहि पनि नहोस भन्ने सोच विद्यमान छदैछ । जसरी राष्ट्रिय खेलाडिका कप्त्तान समेत म्याचरिसिङ प्रकरणमा तानिनु भएको छ । हुन त उहाँहरुको मुद्दा विशेष अदालतमा पुगेको छ । विशेष अदालतमा अहिले म्याद थप्ने काम नै भइरहेको छ । त्यसको फाइनल आउछ त्यसपछि उहाँहरुको दोष के देखिएला र त्यहि अनुसारको कार्बाहि हुन्छ होला । अखिल नेपाल फुटबल संघ पनि त्यहि अनुसारको कार्बाहीमा अगाडि बढ्ला ।

फुटबलका घरेलु लिग प्रतियोगिताहरुमा यसअघि पनि म्याच फिक्सिङका सानातिना अपराधहरु ढाकछोप गरेको कारण आज माथ्लो तहसम्म पुगेको हो की या भित्र त्यसरी कार्बाही गर्नु पर्ने किसिमका प्रशंग नआएर हो ?
पहिलो कुरा त जुन म्याच फिक्सिङ भन्ने कुरा आएको छ । त्यो चाहि लामो समयदेखि सुन्दै आएको कुरा हो जस्तो अन्तराष्ट्रिय खेलमा पनि रिसिङ हुन्छ रे भनेर २०११ तिर नै हल्ला खल्ला त भइसकेको थियो । तर के भने कसैले पनि एक पटक त्यो तहमा गर्ने हिम्मत चाहि गर्दैन । हाम्रो फुटबल संस्कार जुन नेपालमा छ त्यो संस्कारलाई हामीले फुटबल ल्पेयरहरुलाई सिकाउन नसकेको हो कि जस्तो लाग्छ र सानो तिनो उनीहरुको त्यही गल्तिलाई राम्रोसँग सच्याउने मौका नदिएर ढाकछोप गर्ने गरिएको कारण आज यो चरणसम्म आइपुगेको हो कि जस्तो पनि लाग्छ । यो खेल घुस खाएर खेलाडीहरुले आफै हारेको हो भन्ने कुरा आइसक्यो तैपनि यो घटनाको वास्तविकता पत्ता लगाउन सक्दैनौ । सम्बन्धित निकायलाई त्यो थाहा होला तर हामीहरुलाई चाहि त्यो बिषयमा राम्रो जानकारी भएन । तर जुन प्रकारले फुटबल म्याच चलिरहेको छ । त्यसमा शंका गर्ने ठाँउहरु धेरै भेटिरहेका छौ ।
तपाईले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पनि फुटबलका सबै गतिविधिहरु नियालिरहनु भएको छ ।म्याच फिक्सिङ प्रकरणहरु अपराध हो यसको कडा छानबिन र कार्बाही गर्नुपर्छ भन्ने आवाजहरु उठेका छन् । के फुटबल सम्बन्धि कानुनको अभाव भएर यस्तो भएको हो ?
राजनीतिक कुराले मात्र देशलाई अगाडि बढाउछ देश भनेको राजनीति मात्रै हो भनेर खेलकुद जस्तो क्षेत्रमा पनि राजनीति गर्नु बेकार छ । खेलकुदमा कानुन छैन भनेर यसमा भएको गद्धारहरु यसमा बस्न चाहि पाइदैन । एउटा खेलाडिले वा अन्य खेल सम्बन्धी पदाधिकारीहरुले अपराध गर्नु भनेको पनि राष्ट्रलाई नै धोका दिनु हो । यस्तो कुरामा कुनै पनि हालतमा नेपाली जनताहरुले माफी गर्ने छैनन् । यसमा कानुन नै छैन भने एउटा कानुन बनाएर हुन्छ कि के गरेर हुन्छ देशमाथि साच्चिकै गद्दार गर्नेहरुलाई कार्बाही हुनुपर्छ । जस्तो अहिले ५ जनाको प्रकरण आइरहेको छ उनीहरुको पनि निश्पक्ष छानबिन भएर दोषी छन् भने कार्बाही गर्नुपर्छ दोषी छैनन् भने उनीहरुलाई उन्मुक्ति दिनुपर्छ । तर पनि यो घटनामा केहि गरी म्याच रिसिङ भएको छ भने ५ जनाको मात्र हात पक्का पनि हुँदैन । पाँच जनालाई देखाएर याँहाभित्र बच्न खोज्ने व्यक्तिहरु पनि छन् । यदि त्यस्ता व्यक्तिहरुलाई निकाल्न सकिएन भने फेरी नेपाली फुटबल यसरी नै चल्छ । जब सम्म दोषीहरु सबैलाई तानेर कार्बाहीको घेरमा ल्याइदैन तबसम्म नेपाली फुटबल माथि उठ्न सक्दैन ।

म्याच रिसिङ गर्ने कुरामा खेलाडीहरुबाट मात्र नभएर समूह पनि संलग्नता भएको हो र यसमा सबैमाथि छानबिन हुनुपर्छ भन्ने तपाइको भनाई हो ?
नेपाली फुटबल अहिले सम्म खासै व्यावशायिकतामा गइराखेको छैन । फुटबलमा काम गर्नेहरुले भोलेन्टियर सर्भिसिङ गरेको हो भनिन्छ तर हामीले पनि कति बर्षदेखि भोलेन्टियर गर्यौ । तर यहि लिगमा लागेर केही मान्छेहरुको जीवन स्तर हामीले सोचेको भन्दा बढीरहेको छ । फुटबलमा भोलेन्टियर सर्भिसमा पैशा छैन भनिएको छ । तर याहा त लाखौ मानिस फुटबलमा लागिरहेका छन् । सिमित मान्छेको मात्रै जीवन स्तर बढ्नु भनेको मतलब त्यसमा शंका गर्नु पर्ने आधारहरु धेरै छन । त्यसैले गर्दा छानबिनको दायरामा हामीले पनि नँया ढंगले जाने हो भने अरु व्यक्तिहरु पनि पर्छन् । यतिबेला बल्ल घटनाको सफाई गर्ने मौका हो । याँहा भएको फटाहा मान्छेहरुलाई निकाल्यो भने नै बिस्तारै फेरी फुटबको विकास अघि बढ्ला । ढाकछोप गरेर यसलाई बर्षेनी टिकाउने भयो भने यस्ता समस्या फेरी बढ्दै जान्छ ।

यसका लागि एन्फाले एउटा स्पष्ट नीति र संयन्त्र नै निर्माण तत्काल गरिहाल्नु पर्ने आवश्यक्ता देखियो नि होइन ?
अखिल नेपाल फुटबल संघले यो काम तत्काल गर्नु जरुरी छ । फुटबलमा छनौट गरिने कार्यदेखि लिएर सबैलाई फुटबल प्रचारको विकास गरिदिनु पर्छ । यसबाट केहि पाउछु कि भन्नु भन्दा पहिला यो क्षेत्रमा आफूले के गर्न सक्छु भन्ने सोच पनि राख्नु पर्छ । अखिल नेपाल फुटबलको एउटा नीति बनाउनु भन्दा पनि फिफाको नीति नियम सबैलाई थाहा छ । संसारभरका खेल क्षेत्रमा यसरी नै नियमहरु बनाएका छन । आफैले छुट्टै र नँया तरिकाले गर्नु पर्छ भन्ने छैन । उनीहरुको सिको गरेर पनि याँहा धेरै कुरा गर्न सकिन्छ ।

तर आज सम्म त एन्फाले फिफाको अनुसरण गरेको देखिएन त ?
त्यहि नदेखिएको कारणले त हाम्रो फुटबल यतिबेला दुर्घटनामा गइराखेको छ । फुटबलमा फुटबलको नियम भन्दा बाहिर जाने मान्छे कसैलाई पनि सानोतिनो गल्ती भनेरे छुट दिनु हुँदैन । फुटबललाई विकास गर्नु छ भने यसलाई सानो सानो कुराबाट नियन्त्रण गर्दै लग्यौ भने ठूलो घटना घट्न सक्दैन । साना कुराहरुमा याँहा छोप्न खोजीरहेको देखिन्छ । यदि अर्काको गल्तीलाई खुलेर औल्यायो भने त्यो मान्छे विरोधमा उत्रन्छ भन्ने डर राख्नुे एउटा कारण पनि होला । बरु दुइ मत भएपनि केहि बिग्रने वाला छैन भनेर सोच्नु पर्छ । यदि उनीहरुले फुटबललाई साच्चै माया गर्ने हो भने मात्र फुटबल हुन्छ म भएन भने फुटबल हुँदैन भन्ने भावना त्याग्नु पर्छ । राम्रो कुराको लागि सयौ जना विरोधी भएपनि कोही डराउनु हुँदैन ।

नेपाली फुटबलमा सँधै विवाद भइरहनु र यति धेरै आकर्षण पनि हुनुकोे कारण के होला ?
यसको कारण के भने संसारमा सबै भन्दा एकदमै धेरै मानिसले मन पराउने एक नम्बर खेल फुटबल हो । त्यसले गर्दा फुटबलमा नेपालीहरुको विगत लामो समयदेखि नै आकर्षण छँदैछ । एउटा कारण त्यो हो भने अर्को कुरा अहिले एउटा नेपाली फुटबलहरुले रिसिङ गर्यो भनेर पाँच जना भाइहरुको नाम आइरहेको छ । त्यो समाचार धेरै हाइलाइट भयो । देशमा त्यो भन्दा धेरै ठूल्ठुला घटनाहरु कति हुन्छ तर आज आएको समाचार भोलीदेखि हराएर जान्छ । तर नेपालमा अरु चिजलाई भन्दा फुटबललाई नेपाली जनताले माया दिएर उचाईमा पुर्याइदिएका छन् । फुटबलमा लागेको साधारण व्यक्तिको समाचारलाई पनि बढी महत्व दिइएको छ । फुटबलमा कोही माथि गयो भने अर्कोलाई रिस हुने र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ । र अर्को महत्वपूर्ण कुरा फुटबलमा मान्छेहरुको हैसियत बढाइराखेको छ ।

188 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु