चलचित्र लव-सब भब्यताका साथ प्रदॄर्शन

महेश्वर शर्मा , असनेपालअन्युज ,सिड्नी ।
हर्ट्स्भिलको सिभिक थिएटरमा  नेपाली चलचित्र लव-सब भब्यताका साथ प्रदॄर्शन  भयो। दर्शकहरूको वाक्लो प्रस्तुति रहेको सो  प्रदर्शनीमा    सम्यम पुरी,शिसिर,करिस्मा लगायत अन्य कलाकारको जोडदार प्रस्तुती देख्न सकिन्छ। चलचित्रमा सम्यम पुरीको जीवन्त  अभिनय,हाँसो,आँसु र सन्देश मुलक रहेको कुरा चलचित्र हेरिसकेपछि दर्शकहरुले प्रतिकृया दिए।

नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय बजारमा विस्तारित हुने क्रम जारी छ । पछिल्लो समय विभिन्न वितरकहरूले नेपाली चलचित्रहरूलाई विभिन्न देशहरूमा प्रदर्शन पनि गर्दै आएका छन् ।  युवापुस्तालाई लक्षित गरी हाँस्य विषयवस्तुमा आधारित भएर बनाइएको चलचित्र अष्ट्रेलियाको सिड्नीमा प्रर्दशनमा ल्याईेएको हो । ‘सोचे भन्दा राम्रो भयो ‘ चलचित्र प्रदर्शन मा  संयोजन गरिरहेका गोवीन्द भण्डारीले असनेपालन्यूजलाई जानकारी दिए । ‘नेपाली चलचित्रलाई अष्ट्रेलियामा विस्तार गर्नका लागि हामीले यो चलचित्र प्रदर्शनमा ल्याएका  हौँ,’ उनले भने, ‘व्यवसायिकतामा भन्दा पनि नेपाली चलचित्रको बृद्धि विकासमा सहयोग पुर्याउनु हाम्रो तात्पर्य हो ।’

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु