डेभिड बेकहृयाम भक्तपुरमा टेम्पो चलाउँदै

काठमाडौं । बिहीबार नेपालका आएका इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयामले केहीबेर भक्तपुरमा टेम्पो चलाएका छन् ।

बालबालिकासँग फुटबल खेल्न भक्तपुर पुगेका उनले सल्लाघारीमा केहीबेर सफा टेम्पो पनि चलाएका हुन् । फुटबलर बेकहृयामले टेम्पो चलाइरहेका धेरै फुटबल समर्थक भने आश्चर्यमा परेका थिए ।

उनले पूर्व योजना अनुसार नै बा १ झ ४८४३ नम्बरको सफा टेम्पो चलाएका हुन् ।चर्चित फुटबलर बेकहृयाम बीबीसीको एक डकुमेन्ट्री छायांकनका क्रममा बिहीबार काठमाडौं आएका हुन् । विमानस्थलबाट सिधै भक्तपुर गएका उनले दरबार स्क्वायर अवलोकन गर्नुका साथै बालबालिकासँग फुटबल खेलेका छन् ।
तस्बिर: मिडियाएनपी

Comments

comments

सम्बन्धित शिर्षकहरु