एमालेले छान्यो पाँच मन्त्री, को–को परे ?

CPN-UML-office-dhumbarahiकाठमाडौं, नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट सरकारमा जाने पाँच जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

एमालेबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडैलका साथै अष्टलक्ष्मी शाक्य, शेरधन राई र आनन्द पोखरेल मन्त्री बन्ने प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले जानकारी दिए।

स्थायी समिति बैठकले मापदण्ड बनाएर मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएपछि उनले बिहीबार पाँच मन्त्री छानेका हुन्।  यसअघि एमालेबाट तीनजना मन्त्रीले सपथ लिइसकेका छन्।

शाक्यद्वारा मन्त्री बन्न अस्वीकार

नेकपा एमालेकी उपाध्यक्ष  अष्टलक्ष्मी शाक्यले मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको बताएकी छिन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बन्न प्रस्ताव गरेपनि उनले अस्वीकार गरेकी हुन् ।

पार्टीमा रहेका अरु महिलालाई अवसर दिन आफू मन्त्री नबनेको उनको भनाई छ । ‘पार्टीमा अरु पनि महिलाहरु छन्। सबैले अवसर पाउनुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भनिसकेको छु। यसपटक म मन्त्री बन्दिनँ’ असनेपालन्यूजसँगको संक्षिप्त कुराकानीमा प्रष्ट पारिन् । आफूले श्रीमाया थकाली, जयन्ती राई लगायतको नाम सुझाएको उनको भनाई छ ।

सम्बन्धित शिर्षकहरु