तेल लिन गएका ट्यांकर केरुङ पुग्न सकेनन्

Oil-tyankerरसुवा, चीनले अनुदानमा दिने पेट्रोल लिन गएका ट्याङकर रसुवागढीबाट केरुङ पुग्न सेकेका छैनन् । शुक्रबार राति परेको पानीका कारण केरुङ नाका नजिकै पहिरो गएर बाटो अवरुद्ध भएकाले पेट्रोल ल्याउन ढिलाइ हुने बुझिएको छ ।

यसअघि बिहान साढे १० बजे नै चीनले नेपाललाई पेट्रोल हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर बाटो अवरुद्ध भएपछि ट्यांकर रसुवागढीबाट केरुङ पुग्न नसक्दा ढिलाइ हुने भएको हो ।

नेपाल आयल निगमले शुक्रबार पेट्रोल ल्याउन पठाएको १२ वटा टयाङकर रसुवागढीमा अड्किएका छन् । ट्यांकर केरुङ पुगेर फर्केपछि रसुवागढी नाकामा चीनले नेपाललाई पेट्रोल हस्तान्तरण गर्ने कार्यक्रम छ । चीनले नेपाललाई उपलब्ध गराउन लागेको एक हजार मेट्रिकटनमध्ये पहिलो खेपमा एकसय मेट्रिक टन पेट्रोल आज भित्र्याउन लागिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु