सिड्नीमा ‘लवसब’

अष्ट्रेलिया, नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय बजारमा विस्तारित हुने क्रम जारी छ । पछिल्लो समय विभिन्न वितरकहरूले नेपाली चलचित्रहरूलाई विभिन्न देशहरूमा प्रदर्शन पनि गर्दै आएका छन् ।

यसैक्रममा सिड्नीको सिभिक थिएटरमा नेपाली कथानक चलचित्र ‘लवसब’ प्रदर्शन हुने भएको छ । युवापुस्तालाई लक्षित गरी हाँस्य विषयवस्तुमा आधारित भएर बनाइएको चलचित्र अष्ट्रेलियाको सिड्नीमा प्रर्दशनमा ल्याउन लागिएको चलचित्रको वितरणमा संयोजन गरिरहेका गोवीन्द भण्डारीले असनेपालन्यूजलाई जानकारी दिए । ‘नेपाली चलचित्रलाई अष्ट्रेलियामा विस्तार गर्नका लागि हामीले यो चलचित्र प्रदर्शनमा ल्याउन लागेका हौँ,’ उनले भने, ‘व्यवसायिकतामा भन्दा पनि नेपाली चलचित्रको बृद्धि विकासमा सहयोग पुर्याउनु हाम्रो तात्पर्य हो ।’

चलचित्र नोभेम्बर ६ तारिखका दिन प्रदर्शनमा आउने छ । नेपाली समूदायको बढी बसोबास रहेको क्षेत्रमा पहिलो सो गर्ने र बाँकी सहरमा पनि प्रदर्शनमा ल्याउने आयोजकको तयारी छ ।
त्यसका लागि अनलाइन र डोर टु डोर पनि टिकेट बुकिङ भइरहेको भण्डारीले बताए ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु