शनिबारबाट राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया प्रारम्भ सुरू

ca_building_of_nepal_copy35कात्तिक ७ । काठमाडौँ, नयाँ संविधानको घोषणापछि प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन गरिसकेको व्यवस्थापिका संसदको बैठक आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको चयन प्रक्रियामा केन्द्रित हुँदैछ ।

संसद बैठक शनिबार अपरान्ह ३ बजे बस्दै छ । संसद बैठकबाट राष्ट्रपति र उपराष्ट्रपति छान्ने प्रक्रियामा केन्द्रीत हुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँईकेलले बताए ।

असोज २९ मा भएको नयाँ सभामुख र उपसभामुको चयनपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

यसअघि उपसभामुख रहेकी एमाओवादी नेतृ ओनसरी घर्ती सभामुखमा र राप्रपा नेपालका सांसद गंगाप्रसाद यादव निर्विरोध निर्वा्चित भएका थिए । असोज ३ मा नयाँ संविधान जारी असोज १५ गतेबाट संसद अधिवेशन बोलाइएको हो ।
असोज २४ मा भएको निर्वाचनबाट एमाले नेता केपीशर्मा ओली प्रधानमन्त्री चुनिएका छन् । संविधानसभाबाट रुपान्तरित भएको व्यवस्थापिका संसदको अधिवेशन सुरु भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार संसद उक्त दुवै पदको निर्वाचनमा केन्द्रित हुन लागेको हो । ‘आजको बैठकबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनेछ,’ संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँईकेलले भने  ‘सम्भवतः कात्तिक १३ भित्र दुवै पदको निर्वाचन सम्पन्न हुनेछ ।’

आजको बैठकले संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेर निर्वाचनको कार्यतालिका तय गर्ने छ । संवैधानिक व्यवस्था अनुसार सहमति प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्न राजनीतिक दलहरुलाई समय दिइने छ । संसदले कात्तिक ८ गते एक दिनका लागि उक्त समय तोक्ने सम्भावना छ ।

निर्वाचनको कार्यतालिका प्रकाशित गरिने छ । उक्त दुवै पदको निर्वाचन गोप्य मतदानबाट गर्ने र संविधानले तोकेको योग्यता पुगका संसद नभएका व्यक्ति पनि उम्मेदवार हुन पाउने प्रावधान छ । मतदाता नामावली प्रकाशनदेखि, उम्मेदवारी दर्ता, दावी बिरोध, उम्मेदवारी फिर्ता र प्रचार प्रसारको समय दिनेदेखि मतपत्र छाप्नेसम्मका काम निर्वाचनको कार्यतालिकामा हुनेछ । व्यवस्थापिका संसदमा कायम सदस्य संख्याको बुहमतबाट राष्ट्रपति र उपराष्ट्रपति छानिने छन् । ६ सय १ मध्ये मन्त्रिपरिषदले २ जना मनोनित गर्न बाँकी रहेको, सूर्यबहादुर थापाको निधन भएको र बाबुराम भट्टराईले दिएको राजीनामा स्विकृत भएपछि हाल संसदमा ५ सय ९७ जना सदस्य कायम रहेको सहायक प्रवक्ता कुँईकेलले जानकारी दिए ।  संविधानमाको संक्रमणकालिन व्यवस्था अनुसार उक्त दुवै पदको निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियाः

संविधानको संक्रमणकालिन व्यवस्थाको धारा २९७ मा ः भा ग–३३ संक्रमणकालीन व्यवस्था २९७. राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था ः (१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको राष्ट्रपति र उपराष्ट्रपति यस धारा बमोजिम अर्काे राष्ट्रपति र उपराष्ट्रपति निर्वा्चित नभएसम्म आ(आफ्नो पदमा बहाल रहनेछन् । (२) यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका(संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको रहेनछ भने धारा २९६ को उपधारा (६) बमोजिम अधिवेशन आहृवान भएको मितिले एक महीनाभित्र राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले गर्नेछ ।

(३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका(संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।

(४) उपधारा (२) वा (३) बमोजिम निर्वा्चित राष्ट्रपति वा उपराष्ट्रपतिकोे पद कुनै कारणले रिक्त भएमा संघीय संसदको गठन नभएसम्म यसै धारा बमोजिम व्यवस्थापिका(संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिकोे निर्वाचन गरिनेछ ।

(५) यस धारा बमोजिम निर्वाचित राष्ट्रपति वा उपराष्ट्रपतिको पदावधि धारा ६२ बमोजिमको निर्वाचक मण्डलबाट अर्काे राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचित भई कार्यभार नसम्हालेसम्म कायम रहनेछ ।

(६) यस धारा बमोजिम निर्वा्चित राष्ट्रपति वा उपराष्ट्रपतिको पद देहायको कुनै अवस्थामा रिक्त हुनेछ स्( (क) राष्ट्रपतिले उपराष्ट्रपति समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको विरुद्ध उपधारा (७) बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, (ग) धारा ६२ बमोजिमको निर्वाचक मण्डलबाट अर्काे राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचित भई कार्यभार सम्हालेमा, (घ) निजको मृत्यु भएमा ।

(७) यस धारा बमोजिम निर्वाचित राष्ट्रपति वा उपराष्ट्रपतिले यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आरोपमा धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका(संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले निजको विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन । त्यस्तो प्रस्ताव व्यवस्थापिका–संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदमुक्त हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु