लगातार चौथो जितसँगै नेपाल फाइनल प्रवेश फाइनलमा बिहीबार आयरल्याण्डसँगै भिड्ने

maxresdefault (1)काठमाडौं, ४ कात्तिक । आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयरल्याण्डलाई आठ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ ।

जितसँगै नेपाल जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको हारका बाबजूद पनि आायरल्याण्ड भने फाइनलमा पुगेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमामा भएको प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाई १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य लिई मैदानमा प्रवेश गरेको नेपालका लागि ओपनर सन्दीप सुनारले ८५ र सुनिल धमलाले ७५ रन बनाउँदै उत्कृष्ट पारी बनाएपछि नेपालले सहजरुपमा लक्ष्य भेट्टाएको थियो ।

त्यसैगरी राजु रिजालले १६ र योगेन्द्र सिंह कार्कीले चार रन बनाउँदै अविजित रहे ।

आयरल्याण्डलाई कम स्कोरमै समेट्न नेपालका लागि स्पिनर प्रेम तामाङले चार, ललितनारायाण राजवंशीले दुई, सुशील कँडेलले एक विकेट लिएका थिए । फाइनलमा नेपालले बिहीबार फेरि आयरल्यान्डको सामना गर्नेछ ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने यु–१९ विश्वकपमा स्थान सुरक्षित बनाउन बिहीबार हुने फाइनलमा आयरल्याण्डलाई हराउनुपर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु