जन्म हैन मृत्‍युलाई ऐतिहासिक बनाउं

-भीमसेन सापकोटा,

मानिस पूर्ण रुपले बांच्नका लागि उसले म कुनै पनि दिन  मर्न सक्छु र त्यसका लागि सदैव तयार छु भनेर बांच्ने कला सम्झिरहनु जरूरी छ ।-मार्क टियुइन

आजैको सुर्यास्त सँगै मेरो जीवनको आँखिरी दिन सकिने छ । आज तपाईंलाई यस्तो एकिन भयो भने के तपाईं आजका लागि छुट्याएको योजनाहरू पुरा गर्न लाग्नु होला या त्यसमा सम्पादन गरेर नयाँं पन दिनु हुनेछ ! आजै त्यस्तो दिन आएको हो भने जीवनमा नगरी नहुने काम तर्फ लाग्नु हुन्थ्यो होला । छोरा छोरी , बा-आमा वा नजिकका लाई नभनि नहुने कुरा भन्नका लागि तुरुन्त प्रस्थान गर्नु हुन्थ्यो होला ।

कतिका गल्तिलाई माफ दिनु हुन्थ्यो होला ,बदला लिन बनाएका सोच र योजना स्वत: बिलाउंथे होलान्। कसैको ॠण तुरुन्त तिर्न तत्पर भएर ॠणि नबनि संसार छाड्ने उपाय गर्नु हुन्थ्यो होला। भविष्यका अनिश्चित डर हरू स्वत: विलाउंथे होलान । आज तपाईं कसैको आलोचना नगरि , फटाफट भन्नै पर्ने कुरा गरेर साथीहरू बाट विदा हुनुहुन्थ्यो । घन्टौं सम्म पव(भट्टी ) मा बसेर नशालु बन्ने समय , ‘टाईम’ पास गरेको भन्दै चुरोट पिएर टहलिने , मौसम राम्रो छैन भन्दै दिउंसै सुत्ने , पिंढि , चिया पसल वा चोकमा गएर टहलाउने, कुरा मिलेन भन्दै वाद विवाद र झगडामा खर्चिने पलहरू सबै कटौति भएर अति महत्वपूर्ण काममा जुट्नु हुन्थ्यो ।

फोनमा घण्टौं सम्मकुरा गर्दै , ‘विहान तरकारी के खायौ ‘, ‘खाना कस्तो मन पर्छ ,’ देशमा गतिला नेता भएनन्’ भन्दै वित्ने समय कसरी एकाएक राम्रा काममा विस्थापित हुन्थे होलान्। पक्कै पनि यस्तो सोचेर दिनभरी कामगर्दा र बेलुका विदा हुनु अघि आजको समिक्ष्या गर्नु भयो भने तपाईंले आजको दिन बढो अर्थपूर्ण र जीवनकै उपलब्धि मुलक एक उत्कृष्ट समय ब्यतित बनेको एक सुन्दर दिन पाउनु हुनेछ, ।

जहाँं महिना ,वर्ष र कैयौं दिनमा गर्न नसकिने काम एकै दिनमा सकिएको पाउनु हुनेछ । दैलोमा कुरेर बसेको मृत्‍युको वोधले तपाईंको दिन आज सुन्दर बन्यो । यस्तै गरेर हरेक दिन तपाईं आजै आखिरी दिन हुन सक्छ भन्दै कार्य पथमा लाग्नु भयो भने आखिर आएरै छाड्ने त्यो नियतिको आखिरी दिनमा तपाईंको सोच सत्य सावित हुनेछ आज देखि बांकि रहेका जीवनका हरेक दिन तपाईंको अति उत्तम दिन बन्नेछ ।

एक पटक मन्दिरको बलेनीमा रहेकोढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाकोमुर्तिलाई सोध्छ ” साथी, साथी, तिमी पनिपहाडबाटै झरेको म

पनि पहाडबाटै झरेको , तिमी पनि ढुङ्गा मपनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँपूजा गर्छन् , फूल प्रसाद चढाउँछन् रढोग्छन् पनि तर मलाई भने किन सधैँआची कुल्चेका खुट्टाले कुल्चिछन् ??”मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफदिन्छ – ” हो साथी, हाम्रो जात एउटै ,थातथलो पनि एउटै त्यतिमात्र होइन हामीमाथि बजारिएको छिनोको चोट पनि एउटैतर जब मानिसले तिमी माथि एक चोट केहिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्राभयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्नेसिँढी बनाए । हुन त म माथि पनिछिनोको चोट बर्सिएकै हो तर मैले त्योचोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँछौ म यहाँ छु ।”
त्यसैले  , सबै चोट खानेहरु सफलहुदैनन् , सफल तिनै हुन्छन् जसले चोटखप्न जानेका हुन्छन् ।

विश्वका चर्चित धनाड्य तथा एप्पल कम्पनिका प्रमुख स्टिभ जब्सलाई जब क्यान्सर रोग लाग्यो र चिकित्सक हरूले मर्ने तयारी गर भने तब उनका सुतिरहेका अंखा खुले र छोटो समयमै कयौं दिनमा नसकिने काम सके , चिकित्सकहरूले फेरि , उनको रोग निको भयो अब डर मुक्त भयौ भने । डर मुक्त भए पनि उनले भोली आखिरी दिन हो भन्दै गर्ने गरेको दिन चर्यालाई रोग ठीक भए पछि पनि निरन्तरता दीइरहे ।

फलत उनि एक सफल ब्यक्ति बने जुन कुरा आफ्नो सफलताको सुत्रका बारेमा कसैले सोद्द्दा उनि ‘आफ्नै क्यान्सर रोग र उसले दिएको आकस्मिक मृत्‍युको सन्देश पनि एक मजबुत सुत्र हो ‘ बताउने गर्छन्।

mrityu--1024x734एक जना अति सफल ब्यापारिले आफ्नो कम्पनिमा आफ्नो एक कर्मचारी दिवङ्गत बनेको भन्दै श्रद्दान्जलीका लागि आफ्ना सारा कर्मचारीलाई पत्र बांढे ।

पत्रमा मर्ने को थियो नाम थिएन तर । सबैको चिट्ठीमा एउटै ब्यहोरा थियो ‘ आज सम्म तिमीलाई पदोन्न्ती मा रोक्ने त्यहि ब्यक्ति हो तैपनि अन्तिम श्रद्दान्जली दिन आउंछौ भने आउ ” कामदारहरूले सम्झे सत्रु मरेछ , जाती नै भयो, अब अन्तिममा श्रद्दान्जली दिनै पर्‍यो , तर को रहेछ त्यो भन्दै जिज्ञासाले भरिएर श्रद्दान्जली का लागि सबै कर्मचारीलाई अवसर दिए ।

जो जो कर्मचारी त्यहां थिए , ति सबै जिज्ञासा बोकेर एक एक गर्दै कोफिन नजिक पुगे र फुल चढांउना साथ कोफिन हेर्दै एकाएक शर्माएर फर्किन थाले । रहस्य के थियो भने जो कोफिन नजिक पुग्थे , उनिहरू कोफिन भित्र आ-फ्यानै अनुहार देख्थे । कोफिन भित्र कसैको पनि लाश थिएन बरू केवल एक ऐना थियो । आ-फ्नो प्रगतिको बाधक संधै अरुनै हो आफु शिवाय अरू सबै दोषि ठान्ने कर्मचारीहरूलाई आफ्नो बाधक आँफै हो भन्ने सन्देश दिनु थियो ति मालिकलाई । र यो सन्देश मृत्‍यु बोध मार्फत बढि प्रभावकारी हुन गयो ।

मलामि बनेर आएको दिन, दुर्घटना देखेको दिन ,दुख परेको दिन तपाईं बढी भावुक हुनुहुन्छ । किनकि त्यस दिन तपाईंलाई याद भयो कि जीवन जन्म र मृत्‍यु नाप्ने एक डोरी को नाम हो , जति खेर, जुन बहानाले पनि यो चुंढिन सक्छ । तपाईंं त्यस दिन बढी रसिक , नम्र र सबैको जाति बन्ने प्रयास गर्नु हुन्छ । किनकि अनित्यता को भाव जागे पछि तपाईंं आ-आफ्ना सारा घमण्ड बिसाउंदै जानु हुन्छ ।

यहि मृत्‍यु बोध गराउन बुद्द सम्प्रदाय र स्वामी कृष्ण मुर्ति द्वारा निर्देशित आनन्द मार्गि हरू औंसिको मध्य रात मा चिहान मा गएर ‘कपाली ‘ध्यान गर्ने गर्छन्। जसले स्थायी वैराग्य लाई स्थायी भावना तर्फ लैजान्छ । हरेक दिन मृत्‍युको सतत याद आवस भनेर कतिपय ब्यक्तिहरू ‘हरेक दिन ग्रेभ यार्ड ‘ जान्छन् । यसो त हिन्दू धर्मका नित्य कर्म अन्तर्गतको सन्ध्या बन्धन मा शरीरमा भस्म लगाउनु पर्ने , मरेका पुर्खाहरूलाई सम्झनु पर्ने ,बुद्द धर्म मा हरेक दिन साक्षि भाव जगाउनु पर्ने , मुस्लिम सम्प्रदायमा ‘नुर मसि’ भन्दै मृत्‍यु पछिको ज्योति यनकि आत्मा लाई सम्झनु पर्ने विधिहरू ले मृत्‍युलाई संधै सम्झिएर दिन शुरु गरियो भने त्यो दिन अझ उत्पादनशिल र सुन्दर रहेने छ ।

म किन मर्नु पर्छ , यदि यो प्रश्न आफुले आफुलाई हरेक दिन ऐनामा हेरेर गर्ने र जो भेटिन्छ उसलाई बाहिर नमस्कार गर्ने र भित्र मनमा ‘यो ब्यक्ति पनि एक दिन मर्ने नै हो ‘यो नै मेरो यिनी सँग आखिरी भेट हुन सक्छ भनेर ब्यवहार गर्ने हो भने उनिलाई हामी जीवन भर राम्रो साथी बनाउन सक्छौं । त्यसैले मृत्‍युको बारेमा हरेक दिन नडराइ प्रश्न गर्ने हिम्मत बढाउनु पर्‍यो ।

इतिहासकै सबभन्दा बहुमुखी प्रतिभावान् मानिएका लिओ नार्दो दा भिन्चिकै कुरा गरौं । त्यत्रो अभूतपूर्ण प्रतिभा उनमा कहाँबाट पलायो ? त्यही प्रश्न जारी राख्ने ताकत । उनी अध्यापकहरुसित यसरी प्रश्नमाथि प्रश्न सोध्थे–कि टिचरहरु नाजवाफ हुन्थे ।

पछि दा भिन्चिले आफूभित्रको महानप्रत्तिभा विस्फोट गराउने सात अत्यन्त महत्वपूर्णसूत्रहरू छोडेर गए जुन हाउ टू थिंक लाइक लिओ नार्डो दा भिन्चि भन्ने पुस्तकमा समाहित छन् । ती सफलताका सात स्वर्णीम सूत्रमा पनि सबभन्दा महत्वपूर्ण हो – प्रश्न गर्ने बानीको विकास ।

अस्ट वक्र ले राजा जनक लाई भनेका थिए हरेक दिन सम्झ  कि तिमी हरेक दिन  काललाई  आफ्नो गोजिमा बोकेर हिंडेका छौं । त्यो काल  गोजि बाट कुनै पनि बेला निस्कन सक्छ । यसै गरेर  संस्कृत साहित्यको सुभाषितम मा भनिएको छ ‘

व्याघ्रीव तिष्ठति जरा परितर्जयन्ती

रोगाश्च शत्रव इव प्रहरन्ति देहम् ।

आयुः परिस्रवति भिन्नघटादिवाम्भः

लोकस्तथाप्यहितमाचरतीति चित्रम् ॥

अर्थात मानिस शरिरको बुढ्यौली पन देख्दा बाघ झै डराउंछ, रोग देख्दासशत्रु ठान्छ , जीवन चुहिने माटोको भांडो को पानी जस्तै विस्तारै चुहिएर सकिंदै छ तर पनि मर्नु पर्छ भन्ने विर्षन्छ , यो अतिन आश्चर्यको कुरा हो ।

कवीर आफ्नो दोहा मा लेख्छन्

‘कबीर कहा गरबियो, काल गहे कर केस.

ना जाने कहाँ मारिसी, कै घर कै परदेस’’

मृत्‍युले तिमीलाई आफ्नो हत्केलामा राखेको छ तिमी किन बुझ्दैनौ , घर या परदेश जहाँं पनि उसले तिमीलाई मेट्न सक्छ ।

फुल जस्तै जीवन जीउन पहिले का‌ंडाहरू सँग मित्रता गांस्न सिक्नु पर्छ । यस्तै कांडाहरूमा मृत्‍युको डर एक हो , हरेक दिन यसको साक्ष्यात्कारले जीवन त्रास बाट आनन्दमा परिणत हुंदै जान्छ ।

यसरी हरेक दिन मरणको सतत सम्झना जीवन सुधार्ने र सुधिएको जीवनबाट सुख पाउने कला बन्न सक्छ । यो कला नै मानिसको सुखको सुरुवात बन्न सक्bhimsen-sapkotaछ । अरूले खुशी देला भन्नु आफ्नो कमजोरी हो, एक्लो आगमन एक्लै विदाइ हुनुपर्छ ।

घाटमा जल्दै गरेको लाशलाई हेरेर आफन्तहरूनै भन्छन्न ,’अझै कति बेर लाग्छ ‘! त्यसैले जीवनको अर्थ खोज्दै जांदा भेटिन्छ । कार्यको गति कम होस् तर त्यो कसैको भलाईको लागि होस्,फुल जस्तोसुकै होस् तर त्यो सुन्दर हुन्छ.काम पनि जस्तोसुकै होस् त्यो सदैव पवित्र हुन्छ। जन्म सबैको सामान्य हुन्छ तर मृत्युलाई ऐतिहासिक बनाउन सकिन्छ। जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केहि पनी परिवर्तन गर्न सक्दैनन्। आउनुहोस्, भोली हैन आजै बाट हरेक वस्तु नासवान छ , म पनि त्यस नाशवान कै एक अंश हुँ र नाश हुनु अघि हरेक दिन मृत्‍युलै मुस्कान दिएर बांच्छु भन्दै सुख सुत्रको अभ्यास गरौं ।

 Read more at http://bhimsensap.blogspot.com.au/

                                                                                                ।।अस्तु ।।

                                                 [email protected]

Comments

comments

सम्बन्धित शिर्षकहरु