सभामुख र उपसभामुखको निर्वाचन आज

prime Minister election in nepalअसोज २९ ।काठमाडौं, नयाँ सभामुख र उपसभामुख चयनका लागि व्यवस्थापिका संसदमा आज निर्वाचन हुँदैछ । सहमतिका आधारमा प्रस्ताव दर्ता गर्न दिइएको समय हिजो हुन नसकेपछि आज बहुमतीय प्रक्रिया अनुसार सभामुख र उपसभामुख चयन हुन लागेको हो । आज अपरान्ह ३ बजे सभामुख र ५ बजे उपसभामुखको निर्वाचन हुने संसद् सचिवालयले जनाएको छ ।

निर्वाचनका लागि उम्मेद्वारी दार्ता गराउन विहान साढे ११ देखि अपरान्ह २ बजेसम्मको समय निर्धारण गरिएको छ । सभमुख आफूले पाउने दलीय सहमति अनुसार सत्तारुढ घटक एकीकृत माओवादीले निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई सभामुखका लागि उम्मेदवार बनाउने तय भइसकेको छ ।

सत्तारुढ गठबन्धनको समर्थन भएकोले एकीकृत माओवादीको उम्मेदवार घर्ती सभामुख चयन हुने निश्चित जस्तै भएको छ ।  उपसभामुखमा राप्रपा नेपालले गंगाप्रसाद यादवलाई पठाउने तय गरेको छ । राप्रपा नेपालको केहीबेरअघि सम्पन्न पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु