सङ्घीयतामा हेरफेरसहित संविधान संशोधन गरिन्छः उपप्रधानमन्त्री गच्छदार

bijay-kumar-gachhadar1काठमाडौँ, नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने प्रष्ट पारेका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताउए।

संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा एमाले, एकीकृत नेकपा माओवादी र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक बीच आठबुँदे सहमति भएको स्मरण गराए ।

उनले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाए। सो सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ ।

गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गरे।

Comments

comments

सम्बन्धित शिर्षकहरु