कांग्रेसका तीन सभासद्ले किन भोट हालेनन्?

congressकाठमाडौँ,  प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसद मतदान गर्नबाट वञ्चित भए ।

सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियार मतदान गर्नबाट वञ्चित भएका हुन् ।

संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियामा ५८७ जना सामेल हुनुभएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३८ मत प्राप्त गरे । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरे । कुल ८९ मतको फरकमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि असोज २५ गते अपराह्न ३ बजे बस्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु