सरकार गठनबारे कांग्रेसमा चर्काचर्की

Nepali congressकाठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा बैठकमा भावी सरकारको नेतृत्व आफैंले दावी गर्ने कि पूर्व सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई सघाउने भन्नेमा शीर्ष नेताहरु दन्त बझान चलेको छ । विशेष गरेर आगामी नेतृत्व आफैँले गर्ने की केपीलाई दिने भन्नेमा उनीहरुबीच मतभेद चुलिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभापति सुशील कोइरालाले ओलीलाई प्रधानममन्त्री बनाउने भद्र सहमति भएको भन्ने कुरा अफवाह मात्र भएको बताएपछि बहस चर्केको हो ।

कोइरालाले ओलीलाई बनाउने भद्र सहमति नभएको भन्दै कांग्रेसले नै नेतृत्व दावी गर्ने कि नगर्ने भनेर छलफलमा भाग लिन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको एक नेताले बताए । त्यसपछि बोल्ने पार्टीका पदाधिकारीहरु बिभाजित भएका छन् । प्रधानमन्त्रीका दावेदार मानिएका शेरवहादुर देउवा र रामचन्द्र पौडेलले कांग्रेसले नै सहमतीय सरकारको नेतृत्वको पहल गर्नुपर्ने धारणा व्यक्त गरेको स्रोतले जनाएको छ ।

तर पार्टीका महामन्त्रीद्वय प्रकाशमान सिंह, कष्णप्रसाद सिटौला र सहमहामन्त्री पूर्णबहादुर खड्काले राजनीतिमा इमान्दारिता चाहिने भन्दै ओलीलाई प्रधानमन्त्री बनाउन सघाउनुपर्ने धारणा राखेका छन् ।

बैठकस्थलबाट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार देउवाले कोइरालालाई ‘तपाई फेरि प्रधानमन्त्री बन्न खोजेको हो रु’ भन्ने प्रश्न गरेका थिए ।

देउवाले कांग्रेस संसदीय दलको नेताको निर्वाचन गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आफू दलको नेतामा प्रतिस्पर्धा गर्ने भन्दै कोइरालालाई रामचन्द्र पौडेललाई सघाउन चुनौतिसमेत दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु