न्यूसाउथवेल्समा भव्य कविता महोत्सव आयोजना हुने

न्यूसाउथवेल्स, विगत ६ वर्ष देखि प्रत्येक साल आयोजना हुँदै आएको  अस्ट्रेलियाव्यापि प्रतियोगितात्मक कविता महोत्सव    यस वर्ष पनि सिड्निमा आयोजना हुन लागेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया न्यूसाउथवेल्स च्याप्टरले आगामी २१ नोभेम्बरका दिन कार्यक्रम आयोजना गर्न लागेको हो ।

२१ नोभेम्वरका शनिवारका दिन लक्ष्मी जयन्ती विशेष कविता महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। । प्रवासी नेपाली वाङ्मयको श्रीबृद्धि का निम्ति निस्वार्थ भावनाले कार्यक्रम आयोजना गर्न लागिएको पनि आयोजकले जानकारी दिएका छन् ।

सो संस्था द्वारा प्रेसित विज्ञप्ति यस्तो रहेको छ :

सिड्नी साहित्यको परम्पराको रुपमा स्थापित यस कविता महोत्सवमा अनेसास तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछ। प्रवासमा नेपाली साहित्यको प्रवर्धन एवं उत्थान गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वासका साथ हामीले कविता महोत्सव गर्दै आइरहेका छौं।

नेपाली वाङ्ग्मयको श्रीबृद्धिका निम्ति निस्वार्थ भावनाले आयोजना गरिने यस्ता कार्यक्रमहरुमा उपस्थित हुनु हरेक नेपालीको दायित्व हो भन्ने भावका साथ यस कार्यक्रममा उपस्थित भैदिनुहुन हामी तपाईंलाई हार्दिक अनुरोध गर्दछौं। प्रतियोगितात्मक कविता वाचनका साथ सिड्नीका प्रखर कविहरुको दमदार प्रस्तुति रहने उक्त कार्यक्रममा चर्चित गजलकारहरुको गजल वाचन पनि रहने छ।

कार्यक्रम एसफिल्ड स्थित पोलिस क्लब (Ashfield Polish Club, 73-75, Norton Street, Ashfield, NSW 2131) मा हुने छ। कार्यक्रममा निशुल्क प्रवेश पाइने छ ।

प्रतियोगितामा भाग लिन इच्छुक सवै कवि तथा गजलकारहरुलाई नोवेम्बर ७ भित्र [email protected] मा आफ्नो कविता पठाउनु हुन अनुरोध गरिन्छ ।

विगतमा अनेसासको कविता महोत्सवका केहि झलकहरू । 

inls (1)poet (1)
inls

Comments

comments

सम्बन्धित शिर्षकहरु