पेट्रोलियम पदार्थको आपुर्ति अब सहज हुन्छ: मन्त्री थापा

भारतले अघोषित रुपमा गरिरहेको नाकाबन्दी र त्यसले नेपालमा पारेको प्रभाव र यो परिस्थितिलाई सहजिकरणको प्रयास गर्ने सन्दर्भमा असनेपाल न्यूज संवाददातासँग वाणिज्य तथा आपुर्तिमन्त्री तथा राप्रपा नेता सुनिल बहादुर थापाले गर्नु भएको कुराकानी:

मन्त्री ज्यू भर्खरै तपाइले  भारत सरकारका अधिकारीहरुलाई भेटेर आउनु भएको छ । भारतले लगाएको नाकाबन्दी खोलिने सन्दर्भमा के कस्ता वार्ता भयो त ?
केहि दिन अघि  भारत जाँदा त्याँहाको परराष्ट्रमन्त्री, वाणिज्यमन्त्री  र पेट्रोलियममन्त्रीसँग उनीहरुले लगाएको नाकाबन्दीका कारण नेपालले भोग्नु परेको कठिनाई बारेमा मैले आफ्ना कुराकानि राखेको थिए । नेपालमा भएको यस्तो कठिनाईप्रति आफूहरुलाई लागेको भन्दै त्यसको समाधानको लागि छिटो भन्दा छिटो नाकाबन्दी खुलाएर पेट्रोलियम पदार्थको आपुर्ति सहज बनाउन पहल गर्ने आश्वासन दिनुभएको थियो । र मैले भर्खरै नेपालको लागि भारतीय राजदुतसँग पनि यो बिषयमा कुराकानि गर्दा यसको समाधानको लागि आफुले भारतसरकार समक्ष निवेदन गरिसकेको र यो समस्याको समाधान चाडै हुँने आश्वासन दिनुभएको छ । त्यस्तै इण्डियन आयल कर्पोरेसनका पदाधिकारीहरुसँग कुरा गर्दा पनि आगामी दिनमा नेपाललाई चाहिने पेट्रोलियम पदार्थ आपुर्ति गराउन उहाहरु तयार रहेको प्रतिक्रिया दिनु भएको थियो । यसरी भारतीय पक्षसँग गरिएको कुराकानिको आधारमा नाकाबन्दी खुल्ने र पेट्रोलियम पदार्थको अभाव नहुने आशा गर्न सकिन्छ ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नियमित आपुर्तिचाहि कहिलेदेखि गर्ने जनाएको छ त ?
विभिन्न नाकामा अड्किएर बसेका नेपालका केहि ट्याङकरहरुलाई तुरुन्तै नेपाल भित्र्याउने व्यवस्था गरिदिने र साथै नेपालबाट खाली रहेको ट्याङकरलाई पनि  गत शनिबारदेखि पठाइन सुरु गरिएको र अब एक, दुई दिन भित्रै नेपाललाई चाहिने पेट्रोलियम पदार्थ पर्याप्त्त मात्रामा दिइने प्रतिवद्धता नेपाल आयल निगमलाई गरेको छ । त्यसै अनुरुप हामीले यतिबेला सिलगुढी बेतालपुर लगायत विभिन्न ठाँउहरुबाट पेट्रोलियम पदार्थ लिइराखेका छौ । त्यस ठाँउमा चाहि हामी तुरुन्तै हाम्रा ट्याङकरहरु र ट्रकहरु संचालनमा ल्याउदछौ ।

उनीहरुले भने जस्तो  विभिन्न नाकामा रोकिएका हाम्रा मालवाहक सवारी साधनहरु र पेट्रोलियम ट्याङकरहरु अझै राम्ररी आइसकेका त छैन नि ?
केहि दिन अघि निकै ठूलो मात्रामा ट्रक र ट्याङकरहरु नेपाल भित्रिएको छ । त्याँहाको बिदा परेको दिनदेखि बाहेक एकदुई दिन पछि बढी मात्रामा आउछ भन्नेमा विश्वास गर्न सकिन्छ ।
नेपालमा भएको कष्टकर अवस्थाबारे तपाइले भारतीय नेताहरुसँग कस्तो धारणा राख्नु भयो ?
मानवीय आधारमा पनि तपाइहरुले यो परिस्थिति जसरी पनि सहज गराउनु पर्छ र यो सहजिकरण भएन भने परिस्थितिकै कारण धैयता गुम्छ र डरलाग्दो परिणाम आउन सक्छ यस्ता कुरालाई मध्य नजर राख्नु पर्छ नेपाल भारतको एउटा पुरानो सम्बन्ध र आगामी दिनहरुमा थप जटिलता आउन नदिनको लागि यो अवस्था सहजिकरण हुनुपर्छ भन्ने लगायत समय सान्र्दभिक धारणा मैले राखेको थिए ।

तपाइको प्रस्तावलाई भारतीय पक्षले गम्भिर रुपमा लिएको जस्तो त देखिदैन नि ?
उनीहरुले हाम्रो प्रस्तावलाई वास्तै नगरेको भन्न त मिल्दैन किनभने सरकारी अधिकारीले नै पेट्रोलियम पदार्थको आपुर्ति सहज गराउने प्रतिवद्धता जनाइसकेका छन् र कतिपय नाकाहरुबाट पेट्रोलियम पदार्थ बोकेका हाम्रा ट्रक तथा ट्याङकर नेपाल आउने क्रम जारी रहेको छ । बिस्तारै यो अवस्था सहज हुनेछ । नेपाल भारतबीचको पारवहन सम्झौता अनसार यो हाम्रो मामुली अधिकार हो । र मानवीय नाताले हाम्रो यो अधिकारको हनन गरिरहन पाउने छैनन उनीहरुले यो अवस्थालाई परिवर्तन नगरी सखै पाउने पनि छैनन्  ।
भारतले गरेको नाकाबन्दी जस्ता क्रियाकलापहरु राजनीतिक सन्दर्भसँग जोडिएको हो भन्ने पनि विभिन्न भनाईहरु आइरहेका छन् ।

के उनीहरुले राजनीतिक रुपमा असन्तुष्टि भएका केहि कुराहरु पनि व्यक्त गरेका छन्  तपाईसँग ?
राजनीतिक विषयका सकारात्कम वा नकारात्मक कुनै प्रकारको कुरा उनीहरुबाट भएन र मैले पनि यस विषयमा कुनै कुरा गरिन । मेरो आफ्नो क्षेत्र वाणिज्य भएको हुनाले मैले कुटनीतिक पहल गरे । मेरो लागि नेपाली जनताले दुख पाउनु हुन्न मैले जुन मन्त्रालय सम्हालेर बसेको छु । त्यो मन्त्रालयले ल्याउनु पर्ने सामानको लागि सहजिकरण गर्नु पर्छ भन्ने कुरालाई नै म केन्द्रित भए ।

जति कुरा गरेपनि भारतीय पक्षले तत्काल सहज आपुर्ति गरिदिएको अवस्था छैन । आपुर्तिमन्त्री भएको हैसियतले नियमित रुपमा आपुर्ति र बजारको व्यवस्था गर्ने बारेमा के भन्नुहुन्छ ?
यस्तो परिस्थितिमा गुज्रिरहेका उपभोक्ताहरुले बजार र आपुर्ति व्यवस्था सामान्य हुन्छ भनेर विश्वास गर्न गाह्रो छ । पहिलेकै सहज परिस्थितिमा फर्कन समय त लाग्छ । तरपनि  आपुर्ति व्यवस्थापनमा   सहजिकरण गराउदै लैजान हामी लागि पर्नेछौ कडा पहल गर्नेछौ । अबश्य पनि यो अवस्था छिट्टै सामान्य बन्ने छ ।

सम्बन्धित शिर्षकहरु