किन रोकियो इन्धन?

गाडी नेपाल भित्रिएअसोज  १५ । काठमाडौँ, सरकारले भारतलाई इन्धन र अत्यावश्यक वस्तु नरोक्न आग्रह गर्दै कूटनीतिक पत्राचार गरेको छ। राजदूत रणजित रायलाई बोलाएरु जानकारी गराउँदासमेत प्रगती नभएपछि परराष्ट्र मन्त्रालय मार्फत भारतको विदेश मन्त्रालयलाई पत्र पठाएको हो ।  पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत वोधार्थ दिइएको छ ।

भारतीय राजनीतिक तहले कर्मचारीस्तरबाट स्पष्ट जानकारी नगएको संकेत गर्दै आफूहरूले इन्धन रोक्ने कुनै निर्णय नगरेको र सीमाबाट सामान गइरहेको बताउँदै आएको छ ।  भारतलाई वर्तमान र विगतमा हुने गरेको पारवहन अवस्था स्पष्ट हुने गरी औपचारिक पत्र पठाएको परराष्ट्र मन्त्रालय उच्च अधिकारीले बताए । कूटनीतिक माध्यमबाट पठाइएको पत्र भारतीय प्रधानमन्त्री कार्यालयका सुरक्षा सल्लाहकार अजित डोभलसम्म पुगेको छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु