राष्ट्रपति चढेको डुङ्गामा विस्फोट

माले, मालद्वीपका राष्ट्रपति अब्दुल्लाह यामिन चढेको डुङ्गामा विस्फोट भएको समाचार छ । सो विस्फोटबाट उनलाई भने केही भएको छैन ।

राजधानी मालेबाट प्राप्त समाचारमा उनी चढेको सो डुङ्गामा उनका परिवार पनि रहेका र मालद्वीभियन प्रथम महिला घाइते भएको बताइएको छ ।

साथै सो डुङ्गमा रहेका अरु दुई जना पनि नराम्ररी घाइते भएका प्राप्त समाचारमा उल्लेख छ । एकजना मन्त्रीले दिएको जानकारीअनुसार सोमबार बिहान सो दुर्घटना भएको हो ।

राजधानी मालेमा समुद्रमा सो उच्च गतिको डुङ्गामा दुर्घटना भएको हो । उच्च गतिको सो डुङ्गमा भएको उक्त दुर्घटनापछि राष्ट्रपतिसहित घाइतेलाई नै अस्पताल पु¥याइएको बताइएको छ ।

मालेका अधिकारीहरुले उक्त दुर्घटनाको अनुसन्धान थालेका छन् । डुङ्गामा सोमबार बिहान अकस्मात भएको सो विस्फोटको घटनाको अनुसन्धान सुरु गरिएको राष्ट्रपतिको कार्यालयका एकजना मन्त्रीले जानकारी दिएका छन् ।

राष्ट्रपतिको कार्यालयका मन्त्री मोहम्मद हुसेन सरिफले उक्त डुङ्गाम रहेका प्रथम महिला फथिमाथ इब्राहिम, एकजना वरिष्ठ शिष्टाचार अधिकारी र राष्ट्रपतिका अङ्गरक्षक घाइते भएकोले उनीहरुलाई उपचारका लागि अस्पताल पु¥याइएको बताए।

मन्त्री सरिफले भने– राष्ट्रपति सकुशल हुनुहुन्छ र प्रथम महिलालाई लागेको चोटका कारण उहाँपनि अस्पतालसम्म नै पुग्नुभएको थियो ।

साउदी अरेबियामा हज गर्न गएका राष्ट्रपति सोमबारै फर्किएका हुन् । उनी हुलहुले विमानस्थलमा अवतरण गरेर उक्त डुङ्गा चढेर मालेस्थित राष्ट्रपति कार्यालय आउदै थिए ।

उनको कार्यालयमा उनको प्रतिक्रिया लिनका लागि कैयौँ सम्वाददाता पर्खिरहेका थिए । तर राष्ट्रतिको डुङ्गामा विस्फोट भएको खबरले उनीहरु पनि त्यहाँबाट निस्किएका थिए ।

दुर्घटनास्थल जेट्टीमा एम्बुलेन्स कुदेको र सो स्थललाई निकै ठूलो सङ्ख्याका प्रहरीले घेरा हालेको देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु