भारतीय नम्वर प्लेटका गाडी चल्न नदिने विप्लव माओवादीको घोषणा

netra-bikram-chand-339x254​काठमाडौं,  विप्लव नेतृत्वको नेकपा माओवादीले सोमवारदेखि नेपाली भूमिमा भारतीय नम्वर प्लेटका सवारी साधन चल्न नदिने घोषणा गरेको छ । भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको र अघोषित नाकाबन्दी गरेको विरोधमा आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर माओवादीले नेपाली भूमिमा भारतीय गाडी रोक्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा नाकाबन्दी विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै माओवादीका प्रवक्ता खड्गवहादुर विश्वकर्माले नाकाबन्दी विरुद्ध देशव्यापी प्रदर्शन गर्ने र काठमाडौंमा भारतीय दुतावास घेराउ गर्ने बताए ।

विप्लव माओवादीका आन्दोलनका कार्यक्रम

-नेपाली भूमिभित्र भारतीय नम्वरप्लेटका गाडी चल्न रोक लगाउने
-भारतीय चलचित्र र विज्ञापन बन्द गर्ने,त्यसको विकल्पमा नेपाली चलचित्र र नेपाली -कलाकार तथा विज्ञापनलाई प्रस्तुत गर्ने
-भारतीय टेलिभिजन च्यानललाई रोक लगाउने
-वैकल्पिक आपूर्ति व्यवस्थाका निमिन तुरुन्तै पहल गर्ने
-कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउने -नाकाबन्दीका विरुद्ध विरोध प्रदर्शन गर्ने ।

सम्बन्धित शिर्षकहरु