‘स्प्रीङ मेलोडी’ को तयारी तिब्र

अष्ट्रेलिया, ‘स्प्रीङ मेलोडी’ आउन दुई दिन बाँकी रहँदा तयारी तिब्र पारिएको छ । शनिबार सिड्नीमा हुने कार्यक्रमको तयारी तिब्र पारिएको हो । शुक्रबार सोही कार्यक्रम ब्रिसबेनमा आयोजना हुने छ  भने मेलबर्नमा यसअघि नै सम्पन्न भइसकेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरू नेपाली कलाकारसंग रमाउन पाउन् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएक छन् । नेपाली टच अष्ट्रेलियाको आयोजनामा सो कार्यक्रम अष्ट्रेलियाको विभिन्न शहरमा हुन लागेको हो ।

कार्यक्रमका लागि नेपाली कलाकार सन्दीप क्षेत्री, धर्मेन्द्र सेवान र कमल खत्री सहभागी हुनेछन् । कार्यक्रममा चलचित्र निर्देशक भुषण दाहाललाई विषेश सम्मान गरिने भएको छ ।

अघिल्लो वर्ष अभिनेता राजेश हमाललाई सम्मान गरिएको थियो । ‘नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मध्ये हरेक वर्ष एक जनालाई सम्मान गर्छौं ।’ आयोजक मध्येका दिपेश पुनले असनेपालन्यूजलाई जानकारी दिए

कार्यक्रममा अष्ट्रेलियामा बसोवास गर्दै आएका स्थानिय कलाकार राजकुमार गोश्वामी, विश्वास श्रेष्ठ, इश्वर पोखरेल सहभागी हुनेछन् । त्यस्तै सुजाता उपाध्याय, किरण भण्डारी, रजी श्रेष्ठ, द नेक्स्ट समुह र दील तामाङको पनि प्रस्तुती रहने भएको छ । हाम्रो इन्स्टीच्युट अफ बिज्नेश टेक्नोलोजीको मुख्य प्रायोजनमा कार्यक्रम आयोजना हुन लागेको उनले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु