प्रधानमन्त्रीको भ्रमण अन्योलमा

ljz]if :jfut ;df/f]x ;}lgs d~r 6'Fl8v]ndf gofF ;+ljwfg hf/L ePsf] v'l;ofnLdf cfof]hgf ul/Psf] ljz]if :jfut ;df/f]xdf k|wfgdGqL ;'zLn sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

असोज ६।  काठमाडौँ,   प्रदेशको सीमांकनसहित नयाँ संविधानले तराई–मधेसका मागलाई सम्बोधन गर्न नसकेको भन्दै मधेसकेन्द्रित राजनीतिक दलको आन्दोलन जारी रहेपछि प्रधानमन्त्री सुशील कोइरालाको न्यूर्योक भ्रमण अन्यौलमा परेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले तराईरमधेसको आन्दोलनलाई सम्बोधन गर्न सरकार र प्रमुख दललाई थप दवाव परेसँगै प्रधानमन्त्रीको भ्रमण अन्योलमा परेको हो। संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन बुधबार साँझ ५ बजे अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका कोइराला त्यसतर्फ जाने कि नजाने भन्ने टुंगो बिहान बस्ने प्रमुख तीन दलको बैठकले लगाउने भएको छ।

‘राष्ट्र संघको महासभामा सहभागि हुन प्रधानमन्त्री जाने नजाने टुंगो बुधबार बिहान बस्ने तीन दलको बैठकले लगाउने छ’ प्रमुख तीन दलको बैठकपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले संवाददातासँग बालुवाटारमा भने, ‘पछिल्लो राजनीतिक अवस्थाका विषयमा समिक्षा गर्यौ बिहान बसेर टुंगोमा पुग्ने छौ।’

संविधानमा समेटीएका विषयलाई लिएर तराईरमधेसमा जारी आन्दोलनलाई सम्बोधन नगरी प्रधानमन्त्री एक साताभन्दा बढि विदेश भ्रमणमा रहँदा थप जटिला आउन सक्ने भन्दै भ्रमण स्थगीत गर्न कोइरालाई दवाव परेको छ। ‘अहिलेको अवस्थामा प्रधानमन्त्री विदेश भ्रमणमा जाने की जनाने भन्ने टुंगो लाग्न सकेको छैन, धेरैको कुरा जान हुन्न भन्ने नै छ,’ बैठक स्रोतले भन्यो, ुभारतीय राजदुतसँगको भेटपछि बस्ने तीन दलको बैठक भ्रमणको टुंगो लगाउने छ।’

सोमबार नयाँ दिल्ली गएका नेपालका लागि भारतीय राजदुत रञ्जीत रे बुधबार बिहान काठमाडौं आउने छन्। भारतीय राजदुत रे काठमाडौं झरे लगतै प्रधानमन्त्री कोइरालासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ। ‘राजदुतको कुरा बुझेर मात्र प्रधानमन्त्रीको भ्रमणको टुंगो लाग्छ,’ स्रोतले भन्यो, ‘राजदुतसँगको भेटले अवस्था सामान्य हुने भए उहाँ –प्रधानमन्त्री  न्यूर्योक जानु हुन्छ। अन्यथा स्थगीत हुन्छ।’

तराई–मधेसमा आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दललाई वार्तामा ल्याउन अधिकतम प्रयास र प्रयत्न गर्ने समझदारी गरेका छन्। उनीहरुले उठाएका अधिकतम मागलाई सम्बोधन गर्न प्रमुख तीन दल लचिलो देखिएका छन्। ‘उहाँहरुको मागलाई समबोधन गरेर समस्याको समाधान गरेर जानु पर्छ भन्ने भएको छ,’ रोतले भन्यो, ‘आन्दोलनरत पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न अधिकतम प्रयास गर्ने छौ।’

संविधानले तराई–मधेसका अधिकतम माग सम्बोधन भएपनि प्रमुख दलले मधेसकेन्द्रित राजनीतिक दल र मधेसी जनतालाई बुझाउन नसकेको ठकर गरेका छन्। संविधानले मधेसी, जनजाति, थारुसहित विभिन्न समयदाय र भूभागका जनतालाई प्रदान गरेको अधिकारलाई स्पष्ट पार्ने निसमझदारी गरेका छन्। ‘संविधानले धेरै अधिकार दिएपनि नपुगेको जस्तो देखिएको छ, ‘कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकपछि बालुवाटारमा भने, ‘संविधानले मधेसी, महिला, जनजाति, थारुसहितका समुदायलाई प्रदान गरेको अधिकारलाई हामी स्पष्ट पाछौ।’

त्यस्तै, तराईरमधेसमा जारी आन्दोलनका क्रममा सरकारले सयौको संख्यामा सर्वसाधारणलाई वेपत्ता पारेको अन्तर्राष्ट्रिय समुदायलाई भ्रम पर्न गएको बताउँदै एमाले उपाध्यक्ष रावलले भने, ुआन्दोलनका क्रममा तीन सय सर्वसाधारण सरकारले वेपत्ता पारेको भ्रम अन्तराष्ट्रिय समुदायलाई परेको रहेछ, त्यो भ्रमलाई हामी चिर्ने छौ।’

मधेसको मागलाई सम्बोधन नगरी संविधानसभाबाट संविधान जारी गरेको भन्दै छिमेकी मुलुक भारतको असन्तुष्टीका साथै उसको पछिल्लो चासोको विषयमा प्रमुख तीन दलको बैठकमा गम्भीर छलफल भएको नेताहरुले बताए। ‘नयाँ दिल्ली देखि , तराई-मधेसको आन्दोलनका साथै उहाँसम्मको दिन भरीको गतिविधिको राम्रोसँग समिक्षा गरेका छौ,’ बैठकमा सहभागि एक नेताले भने, ‘थप जटिलता आउन नदिन भोली बुधबार सम्ममा एउटा टुंगोमा पुग्नुपर्छ भन्ने भएको छ।’ समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु