नयाँँ संविधानलाई सिड्नीबासिहरुको स्वागत

अस्नेपालन्युज सिड्नी- नेपालमा  ६ दशक लामो जनसंघर्ष, वलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै आजबाट देशमा नयाँ संविधान घोषणा भएको छ  । ६५ वर्ष लामो संवैधानिक इतिहासमा असोज ३ ,२०७२  नयाँ युगको लागी सुनौलो दिनको शुरुवात हो । देशमा पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बनेको छ ।  जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको सपना  पूर्ण   भएको छ । सोही खुशीयलीलाई सिड्नी बासिहरुली पानी भब्यताका साथ स्वागत गरेका छन्। सिड्नीको एसफिल्ड पार्कमा दीप प्रज्वलन गरि, नेपालको नक्सा बनाई  दिप प्रज्वलको गरी आफुहरु बिदेशमै  भएपनी आफ्नो समर्थन देखाएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु