राष्ट्रपतिद्वारा नेपालको संविधान जारी

president yadavकाठमाडौँ, राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२मा हस्ताक्षर गर्दै जारी गरेका छन् । साँझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि अनुरोध गरेका थिए।

‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले घोषणामा भनेपछि संविधान लागू भएको हो सँगै अन्तरिम संविधान २०६३ खारेज भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु